• Thu. May 16th, 2024

SPAIN NEPAL COM

एनआरएनए यूकेको निर्वाचन ३१ जुलाईमा

Byspainnepal

May 1, 2021

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको नयाँ नेतृत्वको लागि निर्वाचन आगामी जुलाईको अन्तिम साता हुने भएको छ ।

गैरआवासीय नेपाली संघ युकेको शुक्रवार साँझ बसेको बैठकले संघको ८ औं महाधिवेशन तथा निर्वाचन जुलाई ३१ तारिख, शनिवारका दिन गर्ने निर्णय गरेको हो ।

संघकी अध्यक्ष पुनम गुरुङ्गको अध्यक्षतामा ७ घण्टा चलेको बैठकले निर्वाचन समितिको प्रमुख आयुक्तमा संघका पूर्वअध्यक्ष तथा संरक्षक महेन्द्र कंडेललाई सर्वसम्मतले चयन गरेको छ ।

संघको नयाँ नेतृत्वको लागि वर्तमान कार्यसमितिका उपाध्यक्षहरु रोजिना प्रधान राई, प्रेम गाहामगर, सुनिल खड्का, र इंल्याण्ड राज्यपरिषदका अध्यक्ष दीपक श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।

यसअघि एनआरएन यूकेले आईएमएस मार्फत अप्रिल १ तारिख देखी सदस्यता वितरण थालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *