• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

साईप्रसको नेपालीको समस्या समाधानका लागि उच्च स्तरीय माध्यमबाट गरिने – राजदुत डा. शाक्य

Byspainnepal

Apr 27, 2021


युरोप , साईप्रस , युरोपियन देश साईप्रसमा रहेका नेपालीहरुको समस्या नेपाल सरकारको तर्फबाट छिट्टै उच्च स्तरीय सरकारी माध्यमबाट समाधान गरिने साईप्रसका लागि नेपाली राजदुत डा. आन्जान शाक्यले बताउनु भएको छ । उहाले आफनो फिजिकल रुपमा उपस्थित नभएपनि श्रमिकहरुको समास्या समाधान गर्न साईप्रस सरकारको उच्च तहका अधिकारीहरुसगं नेपालकै मन्त्रिहरुलाई भेटबार्ता गराएर समाधान गराउनका लागि आफु छिट्टै साईप्रस आउने समेत घोषणा गर्नु भएको छ । गैरआवासीय नेपाली सघं साईप्रसको आयोजना तथा साईप्रसलाई हेर्दै आईरहेको नेपाली राजदुतावास ईजरायल , होनरी कन्सुलेट साईप्रस एवमं नेपाल पत्रकार महासघं युरोप शाखाको सहकार्यमा युरोप हेल्थ टिमको स्वास्थ्य परामर्श कार्यक्रममा राजदुत डा. शाक्यले सो कुरा बताउनु भएको हो । डाक्टर शाक्यले समाजिक सुरक्षाका लागि सबै भन्दा पहिला साईप्रसमा कार्यरत नेपालीहरुको भाषाको समस्या रहेको बताउनु भयो । अब साईप्रस आउनेहरुले कम्तीमा भाषा वा अंग्रेजी भाषा सिकेर म्यानपावर एजेन्सीहरुले पठाउनुपर्ने बताउनु भयो । विद्यार्थीहरुको समस्या समाधानका लागि आफुहरु धेरै नै पहल गरिरहेको र त्यहा रहेका अन्तरराष्टिय निकायहरु सस्था , नेपाली सघंसस्थाहरु समेत सहयोग गरिरहेको बताउदै कुनै पनि नेपाली समुदायले विदेशमा बसेपछि ती देशको नियम विपरित कार्य गर्न नहुने राजदुत डा. शाक्यको भनाई थियो । साईप्रसमापछिल्लो समय नेपाली समुदायका युवाहरु जेलमा पर्नु अत्यन्त दुखद भएको भन्दै साईप्रसमा रहेका नेपालीहरुले कोही पनि गैरकानुनी कार्य गर्न नहुने भनी सुझाव समेत दिनुभएको थियो । साईप्रसमा रहेको होनरी कन्सुलेट साईप्रस , गैरआवासीय नेपाली सघं साईप्रस लगाएत विभिन्न् समाजिक सघंसस्थाहरु अत्यन्त सरहनिय कार्य गरिरहेको भन्दै राजदुत डा. शाक्यले प्रसांशा समेत गर्नुभएको थियो ।
यता साईप्रसमा रहेका घरेलु कामदारहरुको समस्या समाधानका लागि आफु निरन्तर लागि परेको होनरी कन्सुलेट साईप्रसका प्रमुख डा. रामजिवन पन्जियारले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *