![](https://usercontent.one/wp/www.spainnepal.com/wp-content/uploads/2021/03/थ्रि-नेसन्स-कप-फुटवलको-फाईनल-5-1024x683.jpg)
काठमाण्डाै – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको नेपाली राष्ट्रिय टिमका खेलाडीलाई जनही एक लाख रुपैयाँ दिने बताएको छ ।
मङ्गलवार एक विज्ञप्ति निकालेर एन्फाले त्रिदेशीय प्रतियोगितामा विजय हासिल गर्न सफल राष्ट्रिय टिमका खेलाडीलाई जनही एक लाख रुपैयाँ पुरस्कार स्वरुप वितरण गरिने जनाएको हो ।
सोमवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपालले बङ्गलादेशलाई दुई–एकले हराउँदै उपाधि जितेको हो । उपाधि जितेको नेपालले पुरस्कार स्वरुप पाँच हजार अमेरिकी डलर पनि प्राप्त गरेको छ ।
![](https://usercontent.one/wp/www.spainnepal.com/wp-content/uploads/2021/03/anfa_release_KIwc0vL1Vo.jpg)