• Fri. May 3rd, 2024

SPAIN NEPAL COM

भारतबाट शुरु भएको कोभिडको डेल्टा भेरियन्ट स्पेनको कोस्टाब्लान्कामा पनि देखियो

Byspainnepal

Jun 8, 2021

भारतबाट शुरु भएर अहिले दक्षिण एसियामा महामारी मच्चारहेको डेल्टा भनिने कोभिडको भेरियन्ट स्पेनको कोस्टाब्लान्का क्षेत्रमा पनि देखिएको यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन् । कोभिडको उक्त भेरियन्टको संक्रमण कोस्टाब्लान्काको एल्चेमा एकजनामा देखिएको द ओलिभ प्रेसको समाचारमा जनाइएको छ । उक्त ब्यक्तिले हालै म्याड्रिडको यात्रा गरेका थिए । अधिकारीहरुले उनी अस्पतालमा छन या घरमा भन्ने खुलाएका छैनन् । कोभिडको डेल्टा भेरियन्ट अन्य भेरियन्ट भन्दा ४० प्रतिसत संक्रामक भएको जनाएको छ । उक्त भेरियन्टको संक्रमण स्पेनका अन्य कतिपय स्थानहरुमा पनि फेला परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *