• Sun. Apr 28th, 2024

SPAIN NEPAL COM

स्पेन र पोर्चुगलको २०३० विश्वकप आयोजनामा दावी

Byspainnepal

Jun 5, 2021


स्पेन र पोर्चुगलले सन् २०३० मा हुने फिफा विश्वकपको आयोजनाका लागि दावी गरेका छन् । शुक्रबार मैत्रीपूर्ण खेलअघि एक समारोहबीच दुई देशले संयुक्त रुपमा विश्वकप आयोजना गर्ने दावेदारी सार्वजनिक गरेका हुन् । स्पेन र पोर्चुगलबीच शुक्रबार भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा टुंगिएको थियो । यस खेल स्पेन र पोर्चुगलबीच भएको पहिलो मैत्रीपूर्ण खेलको शताब्दी पूरा भएको अवसर पारेर आयोजना गरिएको थियो । खेलअघि दुवै टोलीका खेलाडी ‘भामोस २०३०’ अंकित टिसर्ट लगाएर मैदान प्रवेश गरेका थिए । स्पेनका राज फेलिपे ६ र पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सौसाले सहमति पत्रमा हस्ताक्षर गरेका थिए । पोर्चुगल फुटबल संघका अध्यक्ष फर्नान्डो गोमेस र स्पेनिस संघका अध्यक्ष लुइस रुबिआलेसले गत अक्टोबरमा नै सम्झौता तयार पारेका थिए । दुवै देशको सरकार संयुक्त आयोजनमा राजि भएपछि सहमति पत्रमा हस्ताक्षर भएको हो । सन् २०२२ को विश्वकप कतारमा आयोजना हुँदैछ । त्यस्तै सन् २०२६ को विश्वकप भने क्यानडा, मेक्सिको र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्दैछन् । फिफाले सन् २०३० को आयोजकको घोषणा सन् २०२४ मा गर्नेछ । पोर्चुगल र स्पेनले आयोजनाका लागि दावेदारी प्रस्तुत गर्ने घोषणा गर्दा अन्य राष्ट्रले पनि यसमा इच्छा देखाएका छन् । बेलायत र आयरल्यान्ड गणतन्त्रले पनि संयुक्त आयोजना दावी गर्ने तयारी गरिरहेका छन् भने उरूग्वेले विश्वकप सुरु भएको एक शताब्दी पुग्ने भन्दै आफूले नै आयोजना गर्न पाउनुपर्ने दावी गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *