• Sun. Apr 28th, 2024

SPAIN NEPAL COM

चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि

Byspainnepal

May 29, 2021

चेल्सीले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।
पोर्चुगलमा शनिबार भएको फाइनलमा अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो । चेल्सीलाई जित दिलाउन काइ हाभर्ट्जले निर्णायक गोल गरे ।
खेलको ४३ औं मिनेटमा हाभर्ट्जले निर्णायक गोल गरेका हुन् । मासन माउन्टको पासमा उनले गोल गरेका थिए । जुन गोल चेल्सीको जितमा निर्णायक बन्यो । यससँगै चेल्सीले दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । यस अघि चेल्सीले सन् २०१२ मा उपाधि जितेको थियो ।
सिटी भने पहिलो पटक युरोपियन क्लब फुटबलको प्रतिष्ठित जित्न असफल भएको छ । सिटीले आहिलेसम्म च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन । सिटी यस सिजन पहिलो पटक फाइनल पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *