• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

सर्जियो अग्युरो बार्सिलोनामा अनुबन्धित

Byspainnepal

May 31, 2021

स्पेनिस क्लब बार्सिलोनाले अर्जेन्टिनाका स्ट्राइकर सर्जियो अग्युरोलाई अनुबन्धित गरेको छ ।
बार्सिलोनाले सोमबार अग्युरोलाई अनुबन्धित गरिएको जनाएको छ । म्यानचेस्टर सिटीका पूर्व स्ट्राइकर अग्युरोले सिजनको अन्त्यसँगै इंग्लिस क्लब छाडेका थिए ।
३२ वर्षीय अग्युरोलाई बार्सिलोनाले फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
अग्युरोको आइतबार बार्सिलोनामा मेडिकल जाचँ गरिएको थियो ।
अग्युरोले बार्सिलोनासँग दुई वर्षे सम्झौता गरेका छन् । उनी २०२३ सम्म बार्सिलोनामा रहने छन् ।
बार्सिलोनाले उनको रिलिज क्लउज १०० मिलियन युरो राखेको छ ।
‘एफसी बार्सिलोना र सर्जियो अग्युरोबीच सहमति बनेको छ । खेलाडीले २०२२/२३ को सिजनको अन्त्यसम्म सम्झौता गरेका छन्,’ क्लबले भनेको छ ।
सिटीमा १० वर्ष बिताएर अग्युरो स्पेन आएका हुन् ।
अग्युरोले सिटीका लागि ३ सय ९० खेलमा २ सय ६० गोल गरेका छन् ।
अग्युरो सिटीका सर्वाधिक गोलकर्ता खेलाडी हुन् ।
अग्युरोले सिटीका लागि मुख्य १५ उपाधि जितेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *