• Mon. Apr 29th, 2024

SPAIN NEPAL COM

माल्टामा प्रबासी नेपाली मन्च गठन

Byspainnepal

May 17, 2021

नेकपा एमाले निकट प्रबासीहरुको संगठन प्रबासी नेपाली मन्च युरोपेली देश माल्टामा पनि गठन भएको छ । आईतवार भर्चुयल् माध्यम बाट भएको एक कार्यक्रमका बिच मन्चको माल्टा कमिटि गठन भएको हो । यो प्रबासी नेपाली मन्चको विश्वभरीमा ३६ औँ कमिटी हो भने युरोपमा २० औँ कमिटी हो ।

नब गठित माल्टा कमिटीको प्रबासी नेपाली मन्च स्पेनका पुर्ब अध्यक्ष तथा एनआरएनए यूरोप उपसंयोजक मुक्त बहादुर गुरुङ गुरुङ्ले घोषणा गर्नुभयो । त्यसक्रममा उहाँले नेपालीहरुको बसोबास रहेको सवै देशमा मन्चलाई विस्तार गर्ने सिलसिलामा माल्टामा पनि कमिटी गठन गरिएको बताउनुभयो । उहाँले युरोपमा प्रवासी नेपाली मन्चको विस्तारमा मन्चको स्पेनका संस्थापक तथा युरोप सहसंयोजक पुष्पराज तिमिल्सेनाको ठुलो योगदान गरेको स्मरण गर्दै माल्टामा कमिटी गठन गर्नका लागि अन्तिमसम्म उहाँको ठुलो योगदान रहेको बताउनुभयो । हालै समावेसी आयोगको सदस्य सिफारिस हुनुभएका तिमिल्सेना कार्यब्यस्तताका कारणले कमिटी घोषणा सभामा आउन नसक्नुभएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रवासी नेपाली मन्च माल्टाको नवगठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख अथिति प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार, एमाले बिदेश बिभाग प्रमुख, प्रबास इन्चार्ज राजन भट्टराईले सपथ गराउनु भयो ।

उक्त अबसरमा उहाले अहिले सरकारको पुरा ध्यान कोभिड रोकथाममा रहेको भन्दै सरकारको यस काममा प्रबासबाट पनि सहयोग जारी राख्न आग्रह गर्नु भयो । नवगठित प्रबासी नेपाली मन्च माल्टाको अध्यक्षमा सत्य नारायण झा, यमु राई उपाध्यक्ष, मीन बहादुर खनाल उपाध्यक्ष, केपि पोख्रेल उपाध्यक्ष, सुवास तिमिल्सिना महासचिव, मन्जु थापा सचीव, हरि प्रसाद पौडेल सचिब,लक्षु गिरि प्रबक्ता, भरत अर्याल कोषाध्‍यक्ष, सुशील अर्याल सहकोषाध्‍यक्ष, निरज पराजुली युवा बिभाग प्रमुख, सदस्यहरु गुनाखर चापागाईं, हरि पौडेल, मुक्ती पुरी,पदम खरेल, मनोज उपाध्याय, सुवास पुरी, सुदिप रायमाझी, अस्मित रिजाल, बिनोद शर्मा घिमिरे,किरण पाण्डे, मनिष अधिकारी, कृष्ण गिरि
,गिता न्यौपाने, सुबास फुयाल, रुपा बस्नेत, सुनिता शर्मा, सल्लाहकार संयोजक राजु अर्याल बाबु, नारायण शर्मा घिमिरे , नवीन गिरि र सल्लाहकार भुवन अर्याल रहनुभएको छ ।
भुवन अर्यालले सञ्चालन गर्नु भएको कार्यक्रममा प्रबासी नेपाली मन्च, युकेका अध्यक्ष तथा अन्तर्राष्ट्रिय समन्वय कमिटी अध्यक्ष भक्त गुरुङ, प्रबासी नेपाली मन्च, अस्ट्रेलियाका अध्यक्ष तथा अन्तर्राष्ट्रिय समन्वय कमिटी सचिव रमेश पान्डे, प्रबासी नेपाली मन्च युकेका पुर्ब अध्यक्ष तथा एनआरएनए आईसीसी सदस्य रामशरण शिंखडा, प्रबासी नेपाली मन्च हंगकंगका अध्यक्ष भक्त गुरुङ, प्रबासी नेपाली मंच कतारका अध्यक्ष चाणक पोख्रेल, प्रवासी नेपाली मंच, फ्रान्सका अध्यक्ष भक्त वाग्ले, प्रबासी नेपाली मंच स्पेनका अध्यक्ष हेम शेर्पा, प्रबासी नेपाली मंच रशियाका अध्यक्ष डा। बिमला भन्डारी, प्रबासी नेपाली मंच चेक रिपब्लिकका अध्यक्ष उत्तम आचार्य, प्रबासी नेपाली मंच साईप्रसका अध्यक्ष लोकराज मगर लगायतले नवगठित मन्चका पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना दिनुुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *