• Sat. Apr 20th, 2024

SPAIN NEPAL COM

पत्रकार महासंघ युरोप शाखाको निर्वाचन २६ मार्च शुक्रबार हुने

Byspainnepal

Mar 23, 2021

नेपाल पत्रकार महासंघ युरोप शाखाको नयाँ कार्यसमितिको लागि २६ मार्च शुक्रबारका दिन निर्वाचन हुने भएको छ ।  आज २३ मार्चमा निर्वाचन संयोजक राजेश चाम्लिङ, सदस्य सचिव डा. उदयदेव आचार्य, किशोर सुब्बा र केन्द्रीय प्रतिनिधि चिरन शर्मा सहितको उपस्थितिमा वर्तमान कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । 

नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष, कार्यवाहक महासचिव लगायत १६ जना कार्यसमितिको उपस्थितिमा शुक्रबार युरोप समय दिनको ४ बजे शुरु हुने निर्णय भएको महासंघ युरोप शाखाले जनाएको छ । निर्वाचनमा असन्तुष्ट पक्ष सबैलाई स्वागत गर्न सकिने र युरोप शाखाको विधिविधान अनुसार आए एकभएर अघि बढ्ने अध्यक्ष केजिन राईले बताए । बैठकले दुवैपक्षको मेलमिलापको लागि केन्द्रीय प्रतिनिधि र निर्वाचन समितिलाई वार्ता तथा समन्वय समितिको काम गर्न जिम्मा दिने निर्णय गरेको छ । यो समितिले शुक्रबार सम्म छलफल गरेर समाधानको बाटो खोज्ने प्रयास गर्ने बताएका छन् ।

अद्यपि गत आईतवार केन्द्रीय प्रतिनिधि चिरण शर्माले दुवैपक्षलाई समेटेर छलफलको लागि बैठक आयोजना गर्दा असन्तुष्ट पक्षले सहभागी हुनै नआएका कारण छलफल आवस्यक नभएका कारण निर्वाचनको तयारी गर्दै अगाडि बढ्न बैठकमा आवाज उठेको थियो । तथापि सहमति हुनसक्छ भने फेरि एउटा मौका दिनपर्ने केन्द्रीय प्रतिनिधिले जोड दिएका थिए । 

निर्वाचन प्रकृयामा मतदान गर्न भर्चुअल रुपमा गाह्रो भएका कारण सर्वसहमतिमा नयाँ कार्यसमिति ल्याउन सम्पूर्ण उम्मेदवारहरुलाई अनुरोध गरेकाछन् । केन्द्रीय प्रतिनिधि चिरण शर्माले छलफल गरेर शुक्रबारसम्म सर्वसहमतिमा आउन अनुरोध गरेका थिए । 

नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईले नयाँ कार्यकालको लागि ५७ जना पत्रकारहरुको मताधिकार रहेको बताएका छन् । अहिलेसम्म ३ जनाले अध्यक्षको उम्मेदवारी दिने सम्भावना देखिएको छ । यद्यपि उम्मेदवार दिने समय पनि शुक्रबार नै भएका कारण यसै भन्न नसकिने अवस्था रहेको छ । सर्वसहमतिमा कार्यसमिति संभव नभएको अवस्थामा उम्मेदवारी दिने फिर्तालिने र मतदानका सबै प्रकृयाहरु निर्वाचन आयुक्तले शुक्रबार नै जानकारी गराउने निर्णय भएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *