• Mon. Apr 29th, 2024

SPAIN NEPAL COM

नेपालमा सहयोग गर्न एनआरएनए स्पेनले बोलायो आकस्मिक बैठक

Byspainnepal

May 12, 2021

गैरआवासीय नेपाली संघ स्पेनले कोरोना भाइरसका कारण नेपालमा चुलिदै गएको अक्सिजन सिलिन्डरको अभाव र अन्य मेडिकल सामाग्री सहयोग गर्नेबारे छलफल गर्न आकस्मिक बैठक बोलाएको छ । बिहिबार बेलुकी बोलाइएको बैठकमा यसबारे छलफल गरी सहयोगको लागि अभियान शुरु गरिने महासचिब राज ढकालले जानकारी दिनुभयो । बैठकमा कार्यसमितीका सबै र क्षेत्रीय समितीका पदाधिकारीहरुलाई आमन्त्रण गरिएको छ । कार्यसमितीमा निर्णय गरेर आबश्यक्ता अनुसार स्पेन स्थित सवै संघसस्था र नेपाली दुतावाससँग छलफल र सहकार्य गरेर छिटो भन्दा छिटो नेपालमा सहयोग सामाग्री पठाइने उहाँले बताउनुभयो । नेपालमा सहयोग गर्नका लागि विभिन्न संघसस्था र दुतावासले पनि सहयोग र सहकार्य गर्ने बताइसकेको उहाँले जानकारी दिनुभयो । नेपालमा बिशेष गरी अक्सिजन सिलिन्डरको अभाव हुँदा सक्रमितहरुको ज्यान गै रहेको र अस्पतालहरुले पनि अक्सिजनको अभाव रहेको भन्दै नयाँ विरामी भर्ना गर्न नमानेको समाचारहरु आइरहेका छन् । गैरआवासीय नेपाली संघ केन्द्रले नेपालमा अक्सिजन सिलिन्डर पठाउने प्रक्रिया शुरु गरिरहेको छ भने खाडी मुलुक लगायतका विभिन्न देशका एनसीसीहरुले पनि यसको लागि पहल शुरु गरिसकेको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *