• Fri. Apr 19th, 2024

SPAIN NEPAL COM

स्पेनले भारतमा पठायो मेडिकल सामाग्री, नेपालको लागि पनि पहल गर्ने की ?

Byspainnepal

May 12, 2021

स्पेनले कोरोना भाइरसको चपेटामा परेको भारतको लागि अत्याबश्यक मेडिकल सामाग्रीको सहयोग पठाएको छ । भारत स्थित स्पेनी दुतावासका अनुसार स्पेनले १६७ भेन्टिलेटर, १२१ अक्सिजन कन्टेनर लगायतका मेडिकल सामाग्री भारतमा पठाइसकेको छ । अहिले भारतमा अक्सिजन लगायतका मेडिकल सामाग्रीको अभाव चुलिदै गएपछि विश्वभरीबाट भारतमा सहयोग भैरहेको छ । नेपालमा पनि पछिल्लो दिनमा अक्सिजन लगायतका मेडिकल सामाग्रीको ठुलो अभाव देखिएको छ । अस्पतालमा रहेका संक्रमितहरुको अक्सिजनको अभावमा ज्यान गैरहेको समाचारहरु आइरहेका छन् । केही अस्पतालहरुले अक्सिजनको अभावको कारणले गर्दा कनै पनि बेला जटिल अबस्था आउन सक्ने चेतावनी दिइसकेका छन भने केही अस्पतालले अक्सिजनको अभाव भएको कारण नयाँ विरामी भर्ना नलिने बताइसकेका छन् । त्यसैले भारतमा जस्तै नेपालमा पनि अक्सिजन लगायतका अत्याबश्यक मेडिकल सामाग्री सहयोगका लागि विश्वभर छरिएर बसेका नेपालीहरुले पहल गर्नुपर्ने भएको छ । विदेशमा बस्ने नेपालीहरुको तर्फबाट एनआरएनएले केही अक्सिजन सिलिन्डर नेपालमा लैजाने प्रक्रिया अगाडी बढाएको छ । यस बाहेक आफु रहेको देशको सरकारसँग आग्रह गरेर नेपालमा सहयोग पुर्याउन आआफ्नो ठाँउबाट पहल गर्नुपर्ने बेला आएको छ । स्पेनको सन्दर्भमा यहाँ रहेको नेपाली दुतावासले यसबारेमा पहल भएको अहिलेसम्म केही बताएको छैन । एनआरएनए स्पेनले पनि केन्द्रले गर्ने भनेको सहयोगमा केही रकम पठाउने बाहेकको अन्य कुनै पहल गर्न सकेको छैन । स्पेनमा एनआरएनए लगायतका धेरै संघसंस्था रहेका छन् । तर नेपालमा परेको अहिलेको दुखको समयमा यहाँको सरकारसँग आग्रह गरेर नेपालमा तत्कालै आबश्यक परेको अक्सिजन लगायतका मेडिकल सामाग्री सहयोगका लागि पहल गर्नुपर्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *