• Mon. Apr 29th, 2024

SPAIN NEPAL COM

एनआरएनए माल्टामा महाधिवेशन तयारी समिति गठन

Byspainnepal

Apr 27, 2021

कार्यसमितिका सबै सदस्यहरुले राजिनामा गरे पछि रिक्त रहेको गैरआवासीय नेपाली संघ माल्टा राष्ट्रिय समितिको संयोजक तोकिएको छ ।

गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माका अनुसार हरि प्रसाद विकेको संयोजकत्वमा ११ सदस्सीय राष्ट्रिय महाधिवेशन तयारी समिति गठन भएको हो ।

तयारी समितिको सदस्यसचिवमा ललित पाण्डे र सदस्यहरुमा द्रोण कुमार घिमिरे, बिसन गुरुङ्ग, गणेश क्षेत्री, देवेन्द्र खड्का, बिक्रम खनाल, अशोक गिरी, डिल्लीराम पाण्डे, चन्द्रा कुमारी शाही र उपेन गिरी रहेका छन् ।

समितिलाई सदस्यता वितरण गर्ने र नयाँ कार्यसमितिको निर्वाचन तथा महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी दिइएको गैरआवासीय नेपाली संघको यूरोप संयोजक नारायण आचार्यले जानकारी दिए ।

निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन तथा स्वार्थ नबाझियोस भन्ने उदेश्यले महाधिवेशन तयारी समितिका सदस्यहरुलाई आगामी निर्वाचनमा उम्मेदवार बन्न रोक लगाएको संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *