• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

बुर्किना फासोमा २ स्पानिस पत्रकारको हत्या

Byspainnepal

Apr 27, 2021


अफ्रिकी देश बुर्किना फासोमा भएको आक्रमणमा परी २ जना स्पानिस नागरिकको मृत्यु भएको छ । स्पानिस प्रधानमन्त्री पेड्रो सान्चेजले डेभिड बेरियन, रोर्बेतो फेराइलेको मृत्युभएको पुष्टि गरेका छन् । ट्वीटर मार्फत एक सन्देश दिदै प्रधानमन्त्री सान्चेजले द्धन्द्ध ग्रस्त क्षेत्रमा रिर्पोटिङमा खटिएका पत्रकारप्रति उच्च सम्मान ब्यक्त गर्दै परिवारप्रति संमबेदना ब्यक्त गरेका छन् । अफ्रिकी देश बुर्किना फासोले लामोसमयदेखि सुरक्षा संकट भोगिरहेको छ । त्यहाँ रहेको इस्लामिक सशत्र समुहले मानिसहरुको हत्या र अपहरण गरिहेका छन् । सोमवार भएको उक्त आक्रमणमा एक आइरिस नागरिक र एक स्थानीय नागरिकको समेत मृत्युभएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *