• Sun. Apr 28th, 2024

SPAIN NEPAL COM

एनआरएनए स्पेनको सदस्यता अभियान– कोस्टाब्लान्कामा उत्साह, २ हप्तामा झण्डै २ सय आवेदन

Byspainnepal

Apr 22, 2021

गैरआवासीय नेपाली संघ स्पेनको सदस्यता वितरण अभियान चलिरहेको छ । गत अप्रिल ५ तारिकबाट शुरु भएको सदस्यता वितरण अभियान अन्र्तगत अहिलेसम्म २४४ जनाको आबेदन आइसकेको एनआरएनए स्पेनका प्रबक्ता सुन्दर रानाभाटले बताउनुभयो । त्यसमध्ये १ सय ४४ जनाको स्विकृत भैसकेको छ ।
एनआरएनए स्पेनले आगामी जुलाईको २५ तारिकलाई अधिबेशनको मिति तोकिसकेको छ । स्पेनको अन्य क्षेत्रमा सदस्यता अभियान अलि सुस्त गतिमा देखिएको छ भने पहिलो पटक क्षेत्रीय समिती बनेको कोस्टाब्लान्कामा एनआरएनएको सदस्यता लिन उत्साहजनक सहभागिता देखिएको छ । सदस्यता वितरण अभियान शुरु भएको दुईहप्तामा १ सय ८६जनाको आवेदन आइसकेको क्षेत्रीय समितीका अध्यक्ष सुरेन्द्र भुजेल थापाले बताउनुभयो । अहिलेसम्म यस क्षेत्रमा एक सय जनाको आवेदन स्विकृत भैसकेको छ । एनआरएनए आइसिसिको निर्देशन अनुसार स्पेनमा पनि एमआइएस प्रणालीबाट सदस्यता वितरण भैरहेको छ । सवै प्रक्रिया पुरा भएर आएका सदस्यता आवेदनलाई तुरुन्तै स्विकृत गरिएको उहाँले बताउनुभयो । उहाँले सदस्य बापतको रकम १० युरो एनआरएनए एनसिसीको खातामा वा क्षेत्रीय समितीका पदाधिकारीलाई बुझाउन आग्रह गर्नु भएको छ । गैरआवासीय नेपाली संघको सदस्य बन्नका लागि केन्द्रको निर्णय अनुसार १० युरो शुल्क तोकिएको छ ।

अनलाइनबाट सदस्यता भर्नका लागि
1, members.nrna.org मा लिङक गरिएको फाराम मार्फत भर्न पर्नेछ। यसरी भरिएको आवेदन आइसीसी को (MIS) प्रणालीमा हुने भएकोले परिवर्तन नहुने हुदा सहि विवरण भर्नु पर्नेछ।
2, आवेदन फाराम भर्दा आफ्नो इमेल, मोवाइल नम्बर र ठेगाना अनिवार्य रूपले भर्नु पर्नेछ।
3, उल्लेखित इमेल वा मोबाइल नम्बर नै आफ्नो प्रोफाइलको युजर आइडी हुनेछ
4, आवेदन प्राप्त भएको, स्विकृत वा अस्विकृत भएको लगायतका सबै जानकारी सोही इमेलमा वा मोवाईल नम्बरमा प्राप्त हुनेछन।
5, फाराम भर्दा उल्लेख गरिएको पासवर्ड सदस्य स्वयंले सुरक्षित राख्नु पर्नेछ। अधिबेशन चुनावी प्रक्रियामा जाँदा सम्पूर्ण निर्वाचन कार्यविधि, सूचना र भोटिङको लागि आवश्यक लिंक लगायत सम्पूर्ण कुराहरू यहाँहरुले उपलब्ध गराउनु भएको ईमेलमा मात्र प्राप्त गर्नुहुनेछ।
6, आवेदकले आवेदन दर्ता गर्दा अनिवार्य रूपमा निम्नलिखित कागजातहरू अनलाइन मार्फत अपलोड गर्नु पर्ने छ
7, पासपोर्टको प्रतिलिपी \ NIE का ब्यक्तिहरुको हकमा निजको आइडिको प्रतिलिपी
8, फोटो
9, सदस्यता बापतको शुल्कको लागि क्यासमा छनोट गरी एनआरएनए स्पेनले तोकेको ब्यक्तिलाई सदस्यता बापतको रकम बुझाउनु होला या सिधै एनआरएनए स्पेनको खातामा रकम जम्मा गरी भौचर आवेदनसँगै समावेश गर्नु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *