• Fri. Apr 19th, 2024

SPAIN NEPAL COM

अमेरिकाद्दारा स्पेन भ्रमण नगर्न आफ्ना नागरिकलाई सुझाव

Byspainnepal

Apr 22, 2021


अमेरिकाले आफ्ना नागरिकलाई यात्रा नगर्न सुुझाव दिएका देशहरुको सुुचीमा स्पेनलाई पनि थपेको छ । अमेरिकाले आफ्नो ट्राभल एड्भाइजरमा स्पेन सहित १ सय १६वटा देशहरुलाई समावेश गरेको छ । ति देशहरुलाई लेभल फोरमा राख्दै अमेरिकाले स्पेन सहित कोभिडको उच्च जोखिममा रहेको युरोपमा जर्मनी, इटाली, फ्रान्स, युके लगायतमा देशमा यात्रा नगर्न आफ्ना नागरिकलाई सुुझाव दिएको छ । अमेरिकाको स्टेट डिपार्टमेन्टले अहिले १ सय ५० वटा देशलाई लेभल फोरमा राखेको छ । अमेरिकी सरकारले आफ्ना नागरिकालाई दिएको यो सुुझाव मात्रै भएको र बाध्यकारी नभएपनि आगामी समयमा स्पेनमा आउने अमेरिकी नागरिकको संख्यालाई असर गर्ने अनुमान गरिएको छ । यद्यपी अहिले पनि धेरै युरोपेली देशहरुमा अहिले पनि कोभिड प्रतिबन्धका कारण अमेरिकी नागरिकलाई यात्रा अनुमती दिइएको छ्रैन् । स्पेनले युरोपेली युनियन भित्रका बाहेक अन्य देशका नागरिकलाई अन्त्याबश्यक बाहेक कामका लागि स्पेन भ्रमणको अनुमती कम्तिमा अप्रिल ३० सम्मलाई प्रतिबन्ध लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *