• Sun. Apr 28th, 2024

SPAIN NEPAL COM

उपाधि बिजेता फुटवल टिमका खेलाडीलाई जनही एक लाख रुपैयाँ दिने

Byspainnepal

Mar 30, 2021

काठमाण्डाै – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको नेपाली राष्ट्रिय टिमका खेलाडीलाई जनही एक लाख रुपैयाँ दिने बताएको छ ।

मङ्गलवार एक विज्ञप्ति निकालेर एन्फाले त्रिदेशीय प्रतियोगितामा विजय हासिल गर्न सफल राष्ट्रिय टिमका खेलाडीलाई जनही एक लाख रुपैयाँ पुरस्कार स्वरुप वितरण गरिने जनाएको हो ।

सोमवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपालले बङ्गलादेशलाई दुई–एकले हराउँदै उपाधि जितेको हो । उपाधि जितेको नेपालले पुरस्कार स्वरुप पाँच हजार अमेरिकी डलर पनि प्राप्त गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *