• Sat. Apr 27th, 2024

SPAIN NEPAL COM

म्यानमार रक्तपात-एकै दिन ९० जनाको मृत्यु

Byspainnepal

Mar 27, 2021


म्यान्मारमा शनिबार ‘आमर्ड फोर्सेज् डे’ का दिन सुरक्षाबल र प्रदर्शनकारीबीच ठूलो झडप भएको छ । सुरक्षाबलको गोली लागेर झण्डै ९० जनाको मृत्यु भएको आशंका गरिएको छ । सैन्य प्रमुख मिन आङ ह्लियाङले शनिबार राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै आफूले लोकतन्त्रको रक्षा गर्ने बताएका छन् । उनले देशमा चुनाव गराउने पनि प्रतिबद्धता जनाएका छन् ।

तर, चुनाव कहिले हुन्छ भन्‍ने बारेमा भने केही खुलाएनन् । म्यान्मारमा गत फेब्रुअरीमा सेनाले ‘कू’ गरेर सत्ता हत्याएका थियो । सैन्य ‘कू’ पछि सुरु भएको सेना विरोधी प्रदर्शनमा अहिलेसम्म ४ सय को मृत्यु भइसकेको छ ।

यसअघि म्यानमार सेना दिवसका दिन सेनाले प्रजातन्त्रको समर्थनमा आन्दोलन गरिरहेकाहरुलाई प्रदर्शनमा सहभागी टाउको र ढाडमा गोली प्रहार गर्ने चेतावनी दिएको थियो ।माग पूरा गर्नका लागि गरिने स्थायित्व र सुरक्षामा जोखिम ल्याउने खालका गतिविधि स्वीकार्य नहुने भन्दै उनले चेतावनी दिएका हुन् ।

 बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *