• Fri. Apr 19th, 2024

SPAIN NEPAL COM

एनआरएनए म्याड्रिडले नेपालीलाई काम खोज्न सहयोग गर्ने

Byspainnepal

Mar 27, 2021


गैरआवासीय नेपाली संघ क्षेत्रीय समिती म्याड्रिडले नेपाली समुदायलाई रोजगारी खोज्न सहयोग गर्ने भएको छ । यसको लागि एनआरएनए म्याड्रिडले विभिन्न रोजगारदाता कम्पनीसंग सहकार्य गर्ने क्रममा रोजगार एजेन्सी इन्टरफिल सर्भिससँग मितेरी सम्बन्ध राख्दै एक सम्झौता गरेको सचिव सागर भोटेले जानकारी दिनुभयो । कोरोना संकटका कारण रोजगारका अबसर गुम्दै गएर नेपाली समुदायलाई पनि समस्या परेको कुरालाई मध्यनजर राख्दै आफुहरुले यो काम अघि बढाएको उहाँले बताउनुभयो ।
जस अन्तर्गत नेपाली दिदिबहिनि तथा दाजुभाईहरु जो कोहि पेपेर नभएको र भएको दुवैलाई कामको लागि यस संस्थाले पूर्ण रुपमा सहयोग गर्नेछ ।महिनाको अन्तिम साता कामको अफरहरु पोष्ट हुनेछ र सोहि अनुरुप इच्छुक व्यक्तिहरुले आफुहरुसँग सम्र्पक गर्न सक्ने उहाँले बताउनुभयो । उक्त संस्थासँग सहमती भएपछि नेपाली, स्पानिश र फिलिपिनी गरी त्रीदेशिय समुदायसँग घुलमिल तथा सहकार्य हुने अध्यक्ष सुजिल गोलेले बताउनुभयो । उक्त सम्झौताका लागि अध्यक्ष सुजिल गोले र सचिव सागर भोटे तथा कम्पनिको तर्फबाट सिइओ जुलेन खारेनोबीच बार्ता तथा सहमती भएको हो ।

सहमती अनुसार
१,एनआरएनए म्याड्रिडले पठाउने हरेक व्यक्तिलाई अन्तवार्ता स्थान सम्म ल्याउनेरपुर्याउने काम उक्त संस्थाले गर्नेछ,
२, व्यक्तिको सुरक्षाको लागि कामको घरको मालिकको पूर्ण विवरणको एक कपि एनआरएनए म्याड्रिडलाई पनि दिईनेछ र हरेक विवरणको भेरिफिकेसन हुनेछ,
३,कामको घरमा कुनै किसिमको दुरव्यवहार,सतावत,धम्कि आदि भएमा व्यक्तिले उक्त समय नै काम छोड्न सक्नेछन् ,
४,नारी कोषको स्थापना संगै, हरेक व्यक्तिबाट काम लगाएवापत उक्त संस्थाले पाउने कमिसनको १०५ रकम,नारी कोषलाई दिइनेछ,
५,एनआरएनए म्याड्रिडबाट आएका हरेक काम गर्ने व्यक्तिको जिम्मा गैर आवासीय नेपाली संघ हुनेछ ।
६,हरेक व्यक्तिले अनिवार्य रुपमा बायोडाटा बनाउनु पर्नेछ।

यस बिषयमा थप जानकारी लिनुपरेमा आफुहरुलाई सम्पर्क गर्न सचिव सागर भोटेले आग्रह गर्नु भएको छ । साथै धेरै नेपाली समुदायलाई परिवार पुर्नमिलन प्रक्रियाको लागि सहयोग गर्न यहाँका रियल स्टेट एजेन्सीसँग पनि सहकार्य गर्न छलफल भैरहेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *