• Tue. Apr 30th, 2024

SPAIN NEPAL COM

नेपाली कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

Byspainnepal

Mar 26, 2021

काठमाडौं ।

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ ।

मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको आज राति ८ः२४ बजे मृत्यु भएको नर्भिक अस्पतालले जानकारी दिएको छ ।

शुक्रबार बिहानदेखि जोशीको मुटुले समेत काम गर्न छाडेको र उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा निधन भएको नर्भिक अस्पतालका वरिष्ठ न्यूरो सर्जन डाक्टर राजीव झाले बताए ।

फागुन १४ गते मस्तिष्कघात भई अस्पताल भर्ना भएका जोशीलाई अस्पतालले सुरुदेखि नै भेन्टिलेटरको सहायतामा उपचार गरिरहेको थियो ।
कांग्रेस केन्द्रीय सदस्य जोशी पूर्वमन्त्री र पूर्वसांसद पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *