• Mon. Apr 29th, 2024

SPAIN NEPAL COM

कम्पनीको कपडा प्रयोग नगरी काम गर्न राइडरलाई पठाओको निर्देशन

Byspainnepal

Mar 24, 2021

काठमाडौं ।
सेयर राइडिङ कम्पनी पठाओले आफ्ना राइडरहरुलाई कम्पनीको लोगो अङ्कित कुनै पनि कपडा नलगाउन निर्देशन दिएको छ ।
पठाओ नेपालले मंगलबार साँझ विज्ञप्ती जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि उक्त कपडा नलगाउन राइडरहरुलाई निर्देशन दिएको हो ।
कोरोना महामारीका समयमा स्वास्थ्य सुरक्षाका लागि आवश्यक प्रोटोकलको रुपमा कम्पनीले राइडरहरुलाई कम्पनीको लोगो अंकित पीपीईको ज्याकेट, ट्राउजर वितरण गरेकोमा अहिले त्यसैले समस्या निम्तिएको भन्दै प्रयोग नगर्न भनेको छ ।

राइडर र पठाओ यात्रीहरुको सुरक्षालाई ध्यानमा राख्दै ट्राफिक प्रहरीसँगको समझादरीमा यस्तो निर्णय भएको पठाओ नेपालले जनाएको छ ।
जारी विज्ञप्तीमा भनिएको छ, ‘कोरोना कहरमा जारी गरिएको सरकारी स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार पठाओ नेपाल प्रा लि ले राइडर र सेवाग्राहीको स्वास्थ्य सावधानीलाई मध्येनजर गर्दै राइडरलाई प्रोटेक्टिभ गेयर (ज्याकेट र ट्राउजर सहितको कपडा राइडको समयमा अनिवार्य गरिएको थियो । ’

पछिल्लो समयमा पठाओ सेवालाई थप व्यवस्थित गर्न सम्बन्धित सरकारी निकायसँग गरिएको छलफल अनुसार अफलाइन राइडको विकृतिलाई निरुत्साहित गर्न र राइडको सहज परिस्थिति बनाउन यस्तो निर्देशन गरिएको पठाओले भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *