• Mon. Apr 29th, 2024

SPAIN NEPAL COM

आइपीएल अक्सनका लागि सन्दिप सहित ८ नेपाली खेलाडी दर्ता

Byspainnepal

Feb 5, 2021

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलको १४ औं संस्करणको अक्सनका लागि आठ जना नेपाली खेलाडीले नाम दर्ता गराएका छन् ।

कूल १ हजार ९७ जना खेलाडीले नाम दर्ता गराएकामा नेपालका सन्दीप लामिछाने, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषावकर, दीपेन्द्र सिंह ऐरी र अभिनाश बोहराले नाम दर्ता गराएका हुन् ।

सन्दीप यसअघि लगातार तीन संस्करण दिल्ली क्यापिटल्सबाट खेलेका थिए । फेब्रुअरी १८ तारिखमा हुने आईपीएलको अक्सनका लागि बिहीबारसम्म खेलाडी दर्ताको मिति तोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *