• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

पीएम कप क्रिकेटको उपाधि आर्मीलाई

Byspainnepal

Jan 30, 2021

काठमाडौं – त्रिभुवन आर्मी क्लव पीएम कप एकदिवसीय क्रिकेटको नयाँ च्याम्पियन बनेको छ । चौथो संस्करणको फाइनलमा सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३३ रनले हराउँदै आर्मीले पहिलोपटक यो प्रतियोगिताको उपाधि जितेको हो ।

आर्मी गत संस्करणमा आर्मीसँग पराजित हुँदै उपविजेतामा सिमित भएको थियो ।

कीर्तिपुरमा शनिवार भएकाे फाइनलमा २ सय १२ रनको लक्ष्य पाएको एपिएफ ४२ औँ ओभरमा १ सय ७८ रनमै अलआउट भयो । एपिएफका ओपनर आशिफ शेखले  सर्वाधिक ६१ रन बनाएपनि टीमको जीतका लागि त्यो पर्याप्त भएन । उनले ७१ बलमा ८ चौका र १ छक्का प्रहार गरेका थिए ।

ओपनर सुबास खकुरेल १४ र कप्तान शरद भेषावकर शून्य रनमा आउट भएपछि आशिफले तेस्रो विकेटका लागि शंकर रानासँग ७१ रनको साझेदारी गरेका थिए । शंकरले २१ रन र सन्दीप जोराले २९ रन बनाए ।एपिएफले ४ रन जोड्न पुछारका चार विकेट गुमाएपछि आर्मी च्याम्पियन बनेको हो ।आर्मीको जीतमा विक्रम सोब र जितेन्द्र मुखियाले तीन तीन विकेट लिए ।टस हारेर पहिला ब्याटिङ थालेको आर्मीले ९ विकेट गुमाउँदै २ सय ११ रन बनाएको थियो । आर्मीका हरि चौहानले सर्वाधिक ५८ र राजेश पुलामीले २८ रन बनाए । साहब आलम २४ रनमा अविजित रहे ।

एपिएफका बलर अभिनाश बोहराले ४ र किशोर महतोले २ विकेट लिए ।विजेता आर्मीले १० लाख र उपविजेता एपीएफले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *