• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

भियतनाममा भेटियो हावाबाट फैलने कोरोनाभाइरसको नयाँ भेरियन्ट

Byspainnepal

May 30, 2021

भियतनाममा कोरोनाभाइरसको नयाँ प्रकार भेटिएको छ । हावाबाट छिट्टै फैलिने यो प्रकार भारत र बेलायतमा पहिलोपटक देखिएको प्रकारको मिश्रित स्वरूपमा रहेको जनाइएको छ । भियतनामको सरकारले नयाँ प्रकारलाई निकै खतरनाक र संक्रामक बताएको छ । भियतनाममा अहिले नै रहेका सुरुमा भारत र यूकेमा देखिएका भेरिअन्टको मिश्रित गुणहरू सहितको नयाँ कोभिड १९ को भेरिअन्ट देखिएको भन्दै रोयटर्सले समाचार प्रकाशित गरेको छ । यो प्रकार यसअगाडिका भन्दा निकै सङ्क्रामक रहेको र त्यो खासगरी हावामार्फत फैलने बताइएपछि चिन्ता बढेको छ । भारत र बेलायतमा पहिलोपटक देखिएका प्रकारबिरुद्ध भने फाइजर र आस्ट्राजेनेकाजस्ता खोपहरू दुई डोज लगाउँदा प्रभावकारी रहेको पाइएको छ । पछिल्ला सातामा भियतनाममा कोभिड १९ का घटनामा उच्च वृद्धि देखा परेको छ। महामारी सुरु भएयता भियतनाममा ६ हजार ७ सय भन्दा बढीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये आधाभन्दा धेरै यसै वर्षको अप्रिल महिनापछि देखिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *