• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

अमेरिकाका पाल्पालीहरुले दुई दिनमा १० हजार डलर उठाए, स्वास्थ्य सामग्री जिल्ला पठाउदै

Byspainnepal

May 16, 2021

अमेरिकामा रहेका पाल्पालीहरुले २ दिनमा १० हजार बढी डलर उठाएका छन्। पाल्पाली संगम अमेरिकाको संयोजनमा यो उनीहरुले यो रकम उठाएका हुन्। पाल्पामा कोभिड सम्बन्धि स्वास्थ्य सामग्री खरिद गरेर पठाउन लागिएको यो कामको संयोजन गरिरहेका महेश भट्टराईले बताए।

अमेरिकामा रहेका पाल्पालीहरु सतीश चापागाईं, महेश भट्टराई, धर्म आचार्य, डाक्टर सन्दिप पाण्डे, सागर घिमिरे, मधु नेपाल, डाक्टर रुद्र अर्याल, सुमन पराजुली, परशु नेपाल, टेक राज ज्ञवाली, महेन्द्र पाण्डे, कमल खनाल, लक्ष्मण पौडेल, ज्याक काफ्ले, शिव काफ्ले लगायतको सक्रिय सहभागिता छ।

“दुई दिन मै दश हजार डलर उठायौं। उठ्ने क्रम बढिरहेको छ।” धर्म आचार्यले जानकारी दिनुभयो।

उक्त रकमले खरिद गरेको स्वास्थ्य सामग्री मे को १८ तारिखमा चीनबाट काठमाडौँ ल्याउन लागेको पाल्पाली संगमका अध्यक्ष पदम न्यौपानेले बताउनु भयो।

अरु देशका पाल्पाली साथीहरु संगपनि कुरा भईरहेको र सकेसम्म पाल्पामा धेरै सहयोग पठाउन आफुहरु सक्रिय रहेको संगमका अन्तराष्ट्रिय संयोजक सतीश चापागाईंले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *