![](https://usercontent.one/wp/www.spainnepal.com/wp-content/uploads/2021/10/17156291_1357838770949106_3475335948880004334_n.jpg)
रामेछाप जिल्लाको मन्थली नगरपालिका–९ पुरानागाउँस्थित पुण्य आधारभूत विद्यालयलाई नेपाली जनप्रगतिशील मञ्च स्पेनले आर्थिक सहयोग गरेको छ । मञ्चको तर्फबाट संकलित भएको एक लाख रुपैंयामा मञ्चका सल्लाहकार तथा एनआरएनएका आगामी कार्यकालका आईसीसी सदस्य दिनेश गिरीले एक लाख थप गरी कुल २ लाख रुपैंया सहयोग गरिएको मञ्चले जनाएको छ ।
विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच जनप्रगतिशील मञ्च स्पेनबाट प्राप्त भएको नगद.१ लाख र दिनेशकुमार गिरीबाट प्राप्त भएको १ लाख गरी २ लाख रुपैयाँ नगद सहयोग हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा युवा नेता तथा समाजसेवी राजीवराज गिरी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकर्णराज आरनले आफ्ना भनाइ राख्दै सहयोगी दाताहरुलाई धन्यवाद दिनुभएको थियो । सो अवसरमा विद्यालयका तर्फबाट सहयोगी दाताहरुलाई सम्मान समेत गरिएको थियो ।
![](https://usercontent.one/wp/www.spainnepal.com/wp-content/uploads/2021/10/AE982D65-31AC-4B4E-AB24-F564F0711708.jpeg)