![](https://usercontent.one/wp/www.spainnepal.com/wp-content/uploads/2021/05/D2A090AD-02AD-4468-AC77-08A58B226D5F-802x1024.jpeg)
नागरिक उड्डयन प्राधिकरणले नेपालमा हुने अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्धको समय थप गरेको छ । प्राधिकरणले आगामी जेठ १७ (मे ३१) को मध्यरातसम्म बन्द गर्ने निर्णय गरेको हो ।
यो अवधिमा एयर बबल सम्झौता अनुसार काठमाडौँ र नयाँ दिल्लीबीच हप्ताको दुईवटा उडान भने कायम रहनेछ । नेपाल एयरलाइन्स र एयर इन्डियाले हप्तामा एक–एक उडान गर्नेछन् ।
प्राधिकरणले थप जानकारी बिना यात्रुहरूको बुकिङ शुरु नगर्न एयरलाइन्सहरूलाई आग्रह गरेको छ ।