![](https://usercontent.one/wp/www.spainnepal.com/wp-content/uploads/2021/05/C20D8599-52EC-46E0-A9DB-1FE237F7E7EE.jpeg)
काठमाडौँ । आगामी १२औँ राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित हुने भएको छ। कोरोना महामारीको अवस्था थप जटिल बन्दै गएपछि आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले जनगणना रोक्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।
१२औँ जनगणना आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म गर्ने तयारी थियो। हाल देशभर सुपरिवेक्षकको तालिम चलिरहेको छ। वि.सं. १९६८ देखि सुरु भएको जनगणना हरेक दस–दस वर्षमा जनगणना हुँदै आएको छ ।