काठमाडौं । कोरोना संक्रमण दिनहु बढदै गएपछी देशको स्वास्थ्य संस्थाहरुले धान्न नसक्ने भन्दै देशको स्वास्थ्य अबस्थालाइ गम्भीर रुपमा लिदै नेपाल चिकित्सक संघले देश भर ‘रेड अलर्ट’ घोषणा गरेको छ ।
बुधवार संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालले एक संयुक्त अपिल जारी गर्दै कोभिड-१९ को महामारीको जालोलाई तोड्नका लागि ‘रेड एलर्ट’ घोषणा गरेको बताइएको छ।
अपीलमा चिकित्सक, नर्स, स्वास्थ्यकर्मी फिल्डमा अग्रभागमा रहेर काम गरिरहेका छौ, गरिरहेने प्रतिबद्धता व्यक्त गरिएको छ । सरकार, राजनीतिक दलहरु, निजी क्षेत्र , सहयोगी निकाय सबैले जनताको जीवन रक्षाका लागि योगदान गर्न अनुरोध गरिएको छ।
![](https://usercontent.one/wp/www.spainnepal.com/wp-content/uploads/2021/05/182732393_471900217447791_5049112686972269938_n-791x1024.jpg)