![](https://usercontent.one/wp/www.spainnepal.com/wp-content/uploads/2021/04/248B750C-1241-4014-BD5A-8640D6C21899-1024x559.jpeg)
काठमाडौं । कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् ।
उनीहरु शनिवार दिउँसो १ बजे नर्भिक अस्पतालमा भर्ना भएको नर्भिकले जनाएको छ । केही दिनअघि उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि भएको जनाएको छ ।
उनीहरुको उपचारमा संलग्न चिकित्सकहरुको अनुसार तीनैजनाको अवस्था स्थिर र सामान्य रहेको जनाएको छ ।