• Mon. Apr 22nd, 2024

SPAIN NEPAL COM

पल्सर स्पोर्टस अवार्डका सम्झौता

Byspainnepal

Dec 22, 2020

७ पुस, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्टस अवार्ड २०७६ को सहप्रायोजक एयरलाइन्स पार्टनरको रुपमा टर्किस एयरलाइन्ससँग सम्झौता गरेको छ

मञ्चले स्पोर्टस अवार्डका लागि टर्किस एयरलाइन्ससँग सहकार्य गरेको यो लगातार दोस्रो वर्ष हो ।
मञ्चका महासचिव प्रज्वल ओली र टर्किस एयरलाइन्स नेपालका महाप्रबन्धक अब्दुल्लाह टंकर केसीसीले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता एक वर्षको हुनेछ ।

सम्झौता अनुसार पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत वर्ष खेलाडी पुरुष र महिला विजेताले दुईतर्फी हवाई टिकट प्राप्त गर्नेछन् । यो एयरलाइन्स पुग्ने विश्वका जुनसुकै गन्तव्य पनि हुनेछ ।

कार्यक्रममा टर्किस एयरलाइन्स नेपालका महाप्रवन्धक अब्दुल्लाह टंकर केसीले भने, ‘खेलाडी र युवाहरुको प्रोत्साहनका लागि नेपाल खेलकुद पत्रकार मञ्चले अवार्ड कार्यक्रम गरिरहेको छ । यो सराहनीय कार्य हो । त्यसका लागि हामी पनि यस कार्यक्रममा जोडिन पाउँदा आभारी छौं । नेपाली खेलकुदका जुनसुकै कार्यक्रमलाई सहयोग गर्न हाम्रो संस्था तयार छ ।’

नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव प्रज्वल ओलीले भने, ‘टर्किस एयरलाइन्ससंग लगातार दोस्रो वर्ष सहकार्य गर्न पाउँदा मञ्च परिवार खुसी छौं । सम्पूर्ण नेपाली खेलकुद र खेलाडीका लागि टर्किस एयरको यो सहकार्य प्रोत्साहनजनक रहेको छ । यो सहकार्यलाई टर्किसले निरन्तरता दिनेछ भन्ने हाम्रो विश्वास छ । टर्किस एयरलाइन्सले हाल विश्वका ३२० गन्तव्यमा सेवा पुर्याइरहेको छ ।’

पल्सर स्पोर्टस अवार्डको १७औं संस्करण यही पुस २८ गते सेमि भर्चुअल माध्यममा हुनेछ । १७ औं संस्करणको अवार्डको पिपल्स च्वाइस विधाको मनोनयनसमेत सार्वजनिक भइसकेको छ ।

पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिसँग प्रायोजन सम्झौता नवीकरण गर्नुका साथै पिपल्स च्वाइस विधाको भोटिङका लागि इ(सेवासँग पनि सम्झौता भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *