• Sun. Apr 28th, 2024

SPAIN NEPAL COM

स्पेनमा बेरोजगारलाई राहत ( ERTE) मे ३१ सम्म बढ्यो

Byspainnepal

Jan 26, 2021

स्पेन, २६ जनवरी/ स्पेनमा सरकारले बेरोजगारलाई दिने ERTE भनिने राहत आगामी मे ३१तारिक सम्म बढाएको छ । यसअघि सरकारले जनवरी ३१ तारिकसम्मको लागि तय गरेको उक्त सहयोगलाई मे सम्म बढाउन सुझाब आएको थियो । सरकारले मंगलबार यसलाई स्विकृती दिएको हो । यो कोरोना भाइरसको कारणले रोजगारीमा आएको संकटलाई समाधान गर्न सरकारले कामलाई र स्वरोजगारलाई दिने विशेष सहयोग हो । यो योजनामा ७० लाख कामदार निर्भर छन् । बेरोजगारहरुलाई सरकारले गत मार्च देखि नै यस्तो सहयोग दिइरहेको छ । थप मे ३१ सम्मको लागि यो योजनामा ७ हजार मिलियन यु्रो खर्च हुन सरकारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *