• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

नेपालको अर्थतन्त्रमा भूकम्पले भन्दा कोरोना महामारीले बढी क्षति

Byspainnepal

Mar 4, 2021

नेपालमा कोभिडका कारण भएको क्षति २०७२मा महाभूकम्पको क्षतिभन्दा पनि बढी भएको छ । आर्थिक वर्ष सन् २०१५/१६मा आर्थिक वृद्धिदर शून्य प्रतिशतमा झरेको थियो । कोभिडले आर्थिक गतिविधिहरु सुस्त हुँदा अर्थतन्त्रमा परेको असरको आँकडा अनुसार तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकले आर्थिक वृद्धिदर ऋणात्मक रहेको देखाएको छ ।

विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अर्थतन्त्र ४.६% ले खुम्चिएको छ । साथै, अघिल्लो आव २०७६/७७ मा पनि अर्थतन्त्रको आकारमा २% ले संकुचन आएको थियो ।

कोरोना महामारीको तीव्रतासँगै पोहोर चैतपछि करिब ६ महिना देशव्यापी लकडाउन भएपनि यसको सोझो असर अर्थ-सामाजिक क्षेत्रमा क्रियाकलापमा परेको थियो । यसको अर्थतन्त्रको चित्रमा ल्याएको बदलावलाई आँकडामा लेखाजोखा गरेको विभागको तथ्यांकले अघिल्लो आवको चौथो त्रैमासमा अर्थतन्त्रमा १५.४ प्रतिशतको संकुचन भएको देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *