• Fri. Apr 19th, 2024

SPAIN NEPAL COM

स्पेनको अर्थतन्त्रमा ९० बर्ष यताकै ठुलो क्षति

Byspainnepal

Jan 29, 2021

स्पेन, २९ जनवरी/ स्पेनको अर्थतन्त्रमा गत बर्ष करिब एक सताब्दी यताकै ठुलो गिरावट आएको छ । कोरोना संकटका कारण आर्थिक गतिविधीमा लगाइएको कडा प्रतिबन्धका कारण स्पेनमा सन् १९३० को दशकमा भएको गृह युद्धका कारण भएको क्षति भन्दा धेरै क्षति भएको छ । यहाँको राष्ट्रिय तथ्यांक इन्टिच्युटले शुक्रवार निकालेको तथ्यांक अनुसार गत बर्ष २०२०मा स्पेनको अर्थतन्त्रमा ११ प्रतिसतको गिरावट आएको छ । गत बर्ष स्पेन सरकारले कोरोना संकट नियन्त्रण गर्न ९४ दिन कडा खालको लकडाउन गरेको थियो । २०२० मा स्पेनको कुल जिडिपीको १४
प्रतिसत हिस्सा रहेको सेवा क्षेत्र अर्थात टुरिजम क्षेत्रमा परेको असरले अर्थतन्त्रलाई प्रभावित गरेको हो । कोरोनाको कारणले परेको असर कम गर्न ठुलो लगानी गर्न परेकोले स्पेनमा २००८ को मन्दीपछि कै धेरै ४ दशमलब ५ प्रतिसतले सार्वजनिक खर्च बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *