• Sun. Apr 28th, 2024

SPAIN NEPAL COM

नेपाल फण्ड फाउन्डेशन नेदरल्याण्डको अध्यक्षमा नन्दा राई चयन

Byspainnepal

Jan 21, 2021

इन्दिरा चाम्लिंङ आम्स्टरडाम । नेपाल फण्ड फाउन्डेशन नेदरल्याण्डको भर्चुयल माध्यमबाट यसै हप्ता भएको तेस्रो अधिवेशनले निबर्तमान महासचिब नन्दा राईको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । निबर्तमान महासचिब राईको अध्यक्षतामा पाच सदस्यीय कार्यसमितिको महासचिबमा सबि पौडेल र सदस्यहरुमा दिलु मैनाली र निरा राई (बेलायत ) रहेका छन् भने कोषाध्यक्षको जिम्मेवारी संथापक अध्यक्ष शशी पौडेलले नै पाएका छन । फाउन्डेशनको सल्लाहकारहरुमा डा. शर्मिला प्रधान श्रेष्ठ, हरि पौडेल, शारदा बराइली, , रिता थापा र बर्षा खड्कालाइ मनोनयन गरेको छ । नबनिर्बाचित अध्यक्ष नन्दा राईका अनुसार नेदरल्याण्डको पुरानो नेपाली सस्थाको रूपमा स्थापित नेदरल्यान्ड्सको कर विभागबाट च्यारिटी स्ट्याटस (ANBI)प्राप्त परोपकारी फाउन्डेशन हो । नेपाल पत्रकार महासंघ यूरोपलाई समेत आर्थिक सहयोग गरीसकेको सो सस्थाले कोरोना महामारी र बिनासकारी भुकम्पको समयमा पनि आपतकालिन राहत र पुनर्निमाणका साथै सम्बृद्ध नेपाल बनाउन विभिन्न पक्षहरूमा सहयोग र योगदान गर्न शिक्षा, स्वास्थ, महिला तथा पिछडिएको वर्गहरुलाई सहयोग गरि महत्वपूर्ण कार्यहरुमा समेत ठूलो आर्थिक सहयोग गर्दै महत्वपूर्ण भूमिका फाउन्डेशनले खेल्दै आएको स्मरणीय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *