• Wed. Apr 24th, 2024

SPAIN NEPAL COM

“अन्तर्राष्ट्रिय नेपाली समाज, महिला समिति” गठन

Byspainnepal

Mar 18, 2021

शुभद्रा भण्डारी ( थापा), अष्ट्रिया

स्थापनाको छोटो समयमा नै विश्वभर रहेका नेपालीहरूको मन जित्न सफल अन्तर्राष्ट्रिय नेपाली समाज (INS ) अन्तर्गत  “अन्तर्राष्ट्रिय नेपाली समाज, महिला समिती” गठन भएको छ । 

समितीको अध्यक्षमा डा.रेणुका सोलु (नेपाल), वरिष्ठ उपाध्यक्ष उर्मिला निर्दोषी (अमेरिका), उपाध्यक्षहरुमा नजवुल खान ‘निलम'(नेपाल), मन्जु पन्त (क्यानडा) र नमिता दवाडी (न्युजिल्याण्ड ) तथा महासचिवमा शुभद्रा भण्डारी (अष्ट्रिया), सचिवमा लिली अधिकारी (नेपाल), कोषाध्यक्षमा शुभलक्ष्मी कोइराला (नेपाल) सदस्यहरुमा सीता अधिकारी (नेपाल), इन्दिरा चाम्लिङ(बेल्जियम) , अन्जिता सुनार (नेपाल), याङ्जी शेर्पा (नेपाल), सुमित्रा राई (चीन ), सुजता घलान युएई) र गीता निरौला (जापान)  चयन भएका  छन् ।

विश्वभर रहेका नेपालीहरूमाँझ मात्र नभएर विभिन्न क्षेत्रमा दक्षता हासिल गरेका विदेशी  नागरिकहरूसंग समेत नेपाल र नेपालीको परिचय गराउन सफल उक्त संस्थाका केन्द्रिय अध्यक्ष अर्जुन घिमिरेले महिला समितीलाई वधाई तथा शुभकामना दिदै संस्था तथा सिंगो समाजलाई शिखरमा पुर्याउन महिलाहरूको महत्वपूर्ण भूमिका  रहने भएकोले “महिला समिती” गठनपश्चात अत्यन्त गर्भान्वित महशुस भएको वताउनुभयो त्यसैगरी नवगठित महिला समितीका अध्यक्ष डा. रेनुका सोलुले सामाजिक संजालमार्फत महिला समितीमा सर्वसहमत चयन हुने सम्पूर्ण टिमलाई वधाई दिदै गरिमामय जिम्मेवारीको लागि अन्तराष्ट्रिय नेपाली समाज केन्द्रीय समिती प्रति आभार व्यक्त गर्नुभयो ।

संस्था विस्तारको क्रम तिव्ररूपमा भईरहेकोले सामाजिक मन, नेपाली पन र मातृभूमीलाई माया गर्ने  इच्छुक नेपाली यस संस्थामा जोडिएर हातेमालो गर्न आव्हान समेत गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *