• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

कास्की आदर्श समाज स्पेनको साधारणसभा सम्पन्न, ‘ओला नमस्ते’ पुस्तक विमोचन

Byspainnepal

Feb 21, 2021

कास्की आदर्श समाज स्पेनको साधारण सभा सम्पन्न भएको छ । भर्र्चुल माध्यमबाट आइतवार भएको साधारणसभामा स्पेन लगायत विभिन्न देशमा रहेका संघसस्थाका प्रमुख र प्रतिनिधीको सहभागिता रहेको थियो । साधारणसभामा समाजले प्रकाशन गरेको स्पानिस भाषा सिक्न सजिलो बनाउने पुस्तक ‘ओला नमस्ते’ को बिमोचन गरिएको छ । समाजका अन्तरािष्ट्रय परिषद् अध्यक्ष गोविन्द पौडेलले उक्त पुस्तकको विमोचन गर्दै यसले स्पेनिश भाषा सिक्न चाहने नेपालीहरुलाई सहयोग गर्ने विश्वास ब्यक्त गर्नुभयो । पुस्तक प्रकाशनमा सहयोगीरहनु भएका पर्वत समाज स्पेनका उपाध्यक्ष सन्तोष पौडेलले यसले नयाँ स्पेनमा आउने नेपालीलाई सहज बनाउने विचार राख्नुुभयो ।

साधारणसभामा समाजका महासचिब निञ्जन कार्कीले प्रगति विवरण र कोषाध्यक्ष देवीकुमारी भण्डारीले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । समाजका अध्यक्ष बलबहादुर कार्कीको अध्यक्षतामा भएको साधारणसभामा बोल्दै समाजको अन्तरािष्ट्रय परिषद् अध्यक्ष गोविन्द पौडेलले कास्की आदर्श समाज राजिनितीबाट मुक्त रहेको बताउनुुभयो । उहाँले समाजले १४ लाखको अक्षय कोष स्थापना गरेर कास्की जिल्लाका विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण गर्न लागेको जानकारी दिनुभयो । यस्तै पोखरा महा नगरपालिका २६ मा मानव सेवा घर निर्माणको लागि काम शुरु गरिएको जानकारी दिनुुभयो ।

कार्यक्रममा एनआरएनए युरोप उपसंयोजक मुक्त गुरुङ, एनआरएनए स्पेनका अध्यक्ष दिनेश गुरुङ, प्रवासी नेपाली एकता मञ्च स्पेनका अध्यक्ष हेम शेर्पा, जनसम्पर्क समिती स्पेनका अध्यक्ष इन्द्रप्रसाद शर्मा, एनआरएनए आइसिसि सुनिल रानाभाट, मानार्थ आइसिसि सदस्य एकराज गिरी, तमु समाजका अध्यक्ष गौतम गुरुङ, स्याङजा सहयोग समाजका अध्यक्ष विमल गुरुङ, कास्की आदर्श समाज स्पेनका वरिष्ट उपाध्यक्ष कुमार गुरुङ, कास्की आदर्श समाजका अन्राष्ट्रिय समन्वय परिषद उपमहासचिव गोविन्द तिमिल्सेना, क्षत्री समाजका अध्यक्ष सोनु राउत, नेपाली पाठशाला संयोजक सरला सापकोटा, कास्की आदर्श समाज अन्तरास्ट्रिय समन्वय परिषद नेपालका महासचिव हंसराज क्षेत्री ढकाल , उपाध्यक्ष तिकलशाली सापकोटा, उपाध्यक्ष पुुस्पराज अधिकारी, प्रवत्ता भगवान गिरी, मिडिया प्रमुख वसन्त रानाभाट , एन आर एन स्पेनका अध्यक्ष दिनेश गुरुङ , कास्की आदर्श समाज स्पेनका निवर्तमान अध्यक्ष केदार ढुंगाना , संरक्षक सन्दिप मोहन भट्टराई , सल्लाहकार संयोजक पुस्प केसी लगायतले शुुभकामना दिनुको साथै समाजका सचिब गणेश राज अधिकारीले स्वागत मन्तव्य दिनु भएको थियो ।

कास्की आदर्श समाज स्पेनको गतिबिधीबारे जानकारी दिने भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *