• Thu. Jun 13th, 2024

SPAIN NEPAL COM

कृष्ण क्षेत्री बेल्जियमको लुभेन नगरपालिका सदस्यमा चयन

Byspainnepal

Jan 12, 2021

मध्य युरोपियन देश बेल्जियमको स्थानीय नगरपालिकामा नेपाली मुलका एकजना युबा ब्यबसायी नगरपालिका सदस्य पदमा निर्बाचित भएका छन । तीन दशक अघिबाट सुरु भएको नेपालीहरुको बेल्जियम बसाईमा बेल्जियमको सरकारी पदमा प्रतिनिधित्व गर्ने अबसर पाउने पहिलो नेपाली हुन कृष्ण सगुन क्षेत्री । बिगतमा नेपालीहरु संघीय संसद र प्रदेश संसदमा चुनाव लडे पनि निर्बाचित हुन सकेका थिएनन ।

नेपालको पर्बत जिल्लाको जलजला गाउपालिकामा जन्मेका क्षेत्री, दस बर्ष नेदरल्यान्डमा बसेर बसाई सराई गरि बिगत छ बर्ष देखि बेल्जियमको लुभेन नगरपालिकामा बस्दै आएका छन । नेपालमा आईए सम्मको औपचारिक शिक्षा लिएका क्षेत्री फ्ल्यान्डरेन क्षेत्रमा बोलिने डच भाषामा राम्रो दख्खल राख्दछन । श्रीमती सगुन केसी , छोरा अभियान र छोरी आर्याना सहित चार जनाको परिवार भएका केसी रेस्तुरेन्ट ब्यबसायी हुन ।

दुई बर्ष अघि भएको स्थानीय निर्वाचनमा बेल्जियमको राष्ट्रबादी पार्टी एनभीआबाट चुनाव लडेका क्षेत्री पार्टीको उम्मेद्वार सुचीमा १२ औ नम्बरमा थिए । एनभेआले ४७ सदस्यीय नगरपालिका परिषदमा ११ सिट जितेको थियो । सोसलिस्ट पार्टीहरुको गठबन्धन सरकार रहेको लुभेन नगरपालिकामा एनभेआ प्रमुख प्रतिपक्षीको भूमिकामा छ । उनको पार्टीबाट चुनाव जितेकी तिने एरलिङेनले पद छोडे पछि १२ औ नम्बरमा रहेका क्षेत्री स्वत: नगरपालिका सदस्य भएका हुन । आगामी २५ जनवरीमा सपथग्रहण पष्चात औपचारिक रुपमा उनले पदभार ग्रहण गर्ने छन ।

युरोपको प्रसिद्ध क्याथोलिक विश्वाबिद्यालय रहेको लुभेन संसारभरका विद्यार्थीहरुको आकर्षणको केन्द्र हो । करिब २ हजार नेपाली समुदायको बसोबास रहेको ज्ञान , बिज्ञान र कलाको क्षेत्रमा युरोपको केन्द्र मानिने यो शहरमा नेपालीहरुको सामाजिक व्यबहार प्रशंसनीय रहेको स्थानीयबासीले बताउने गरेका छन ।

आफु होरेका ( होटेल रेस्तुरेन्ट र काफे ) ब्यबसायी भएको र साना ब्यबसायीहरुको मर्का बुझेकोले नगरपालिकाको नीति निर्माण तहमा बसेर कोरोना काल पछिको अर्थतन्त्रमा साना ब्यबसायीको हितमा हुने गरी काम गर्ने उनको चाहना छ । आप्रबासीहरु प्रति सधैं सकारात्मक रहेको बेल्जियमको उक्त नगरपालिका र नेपाली समुदायको अन्तरसम्बन्धलाई अझ मजबुत बनाउन आफ्नो कार्यकालमा परिणाममुखी भूमिका निभाउने पनि उनको मुख्य लक्ष रहेको छ ।

चारदिशा डटकम बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *