• Mon. Apr 29th, 2024

SPAIN NEPAL COM

हरिभक्त सिग्देलको नविनतम कृति ‘गौराङ्ग’ विमोचन

Byspainnepal

Feb 6, 2021

काठमाडौं । अध्यात्मिक चिन्तक तथा लेखक हरिभक्त सिग्देल ‘महेश’द्वारारचित नविनतम् कृति गौराङ्ग खण्डकाव्यको विमोचन गरिएको छ । साहित्यबाटिका नेपाल तथा मुक्तिनाथ दर्शन समाज नेपालले शनिवार काठमाडौंमाएक कार्यक्रमको आयोजना गर्दै विमोचन गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि एवं शिक्षा सचिव गोपीनाथ मैनालीले उक्तखण्डकाव्यको विमाचन गरेका हुन् । गौराङ्ग खण्डकाव्य  प्रचारबाट टाढारहेका गौराङ्ग बाबाका विषयमा लेखिएको कृति हो ।

सोही कार्यक्रममै प्रमुख अतिथि मैनालीले मुक्तिनाथ दर्शन साहित्य समाजनेपालको समुद्घाटन समेत गरे । कार्यक्रममा मिना सिग्देल उप्रेती द्वारास्थापना गरिएको ‘शेरबहादुर कान्छी उप्रेती’ स्मृति पत्रकारिता पुरस्कारपत्रकार तथा सर्जक तुलसीहरि कोइरालालाई ११ हजार १ सय ११ नगदसहित प्रदान गरिएको थियो । कार्यक्रममा समालोचक युवाराज मैनाली, प्रा.डा अर्जुनदेव भट्ट, डा. खेम कोइराला ‘बन्धु’ कलानिधि दाहाल लागायतलेकति र कृतिकारका वारेमा चर्चा गरेका थिए ।

कार्यक्रमको सयोजन बलराम दाहाल र भैरवी भुगोलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *