• Sat. Apr 20th, 2024

SPAIN NEPAL COM

यूरोपमा ताण्डव (भिडियो सहित)

Byspainnepal

Feb 9, 2021


सुन्दा राजनैतिक धारको सुनिएता पनि कुनै बिषय नभएर इनास स्पेन को सातौ म्युजिक भिडियोको अर्को प्रस्तुतिको विषय हो । इनास स्पेनले सातौं सांगितिक कोशेली प्रस्तुत गर्ने क्रममा इनास स्पेनले आफ्नो सतौ कोसेली बजारमा सार्वजनिक गरेको छ। स्पेनवासी सम्पूर्ण नेपाली जनसमुदाय बार्सिलोना वासी दाजु भाइ तथा दिदी बहिनिहरुको अपार माया एवम विभिन्न क्षेत्रीय राजनैतिक एवम समाजिक सघ संस्था, ब्यवसायिहरुवाट पाएको सद्भाव र प्रेरणाले यो ताण्डव नामक फरक म्युजिक भिडियो सार्वजनिक गर्न सफल भएको इनास स्पेन का अधेक्ष्य पुरुषोत्तम भट्टराईले बताउनुभयो।

आफ्ना ५ / ६ वटा म्युजिक भिडियो एवम लघु चलचित्रको निर्देशन समेत गरिसक्नु भएका संस्थाका उपाध्यक्ष एवम ताण्डव का निर्देशक सञ्जय बिक्रम शाहले संस्कृति तथा संगीत प्रेमिहरुको साथ र सहयोगले नै यस स्थानमा पुगिएकोको बताउनुभयो ।
कलाकारिताको क्षेत्रवाट सङितिक यात्रा तय गर्दै म्युजिक एरेन्ज्, फोटोग्राफि, भिडियो इडिटिङ्, भिडियो सुटिङ्लाई ¨सुरजमैनाली प्रोडोक्सन¨मा स्थापना गराउन सफल इनास स्पेनका महासहिव सुरज मैनाली आफ्नो लगनसिलता र सामुहिक रुपले आफुलाई स्थापित गरेको बताउनु हुन्छ । ¨ताण्डव¨का प्रमुख पात्र गितार बादक्, म्युजिक एरेन्जर कन्जिमान गुरुङले आफुले नेपाल देखिनै विभिन्न म्युजिक ब्यान्ड हरुमा बजाइ भन्दै वाल्यकाल देखिको आफ्नो मिहनेत सफलतामा परिणत भएकोमा खुसी ब्यक्त गर्नुभयो ।

नवोधित कलाकार तथा इनास स्पेन क कार्यकारी सदस्य सागर चौलागाईलाई ताणडवमा नयाँ अनुहार रुपमा फरक शैलिमा देख्न सकिन्छ ।

यो मिठो धुनलाई मिक्स भने युकेका संगीत प्रेमी अमित गुरुङ्ले गर्नु भएको हो ।

यो भिडियो सम्पूर्ण संगीत र संस्कृती प्रेमि नेपाली जनसमुदायमा समर्पण गर्दै इनास स्पेनले सुझाब्,हौसला तथा सहयोगको अपेक्षा गरेको छ ।
यो भिडियोमा मानिस र प्रकृती बिचको प्रेम देखाउन खोजिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *