• Wed. May 8th, 2024

SPAIN NEPAL COM

स्पेनमा ८० बर्ष माथिकालाई खोप शुुरु, समरसम्म ७० प्रतिसत नागरिकले खोप पाउने

Byspainnepal

Feb 17, 2021

स्पेनका ७ वटा राज्यले यो हप्तादेखि ८० बर्षमाथिका नागरिकलाई कोरोना बिरुद्धको खोप लगाउन शुरु गर्दैछन् । आन्डालुसिया, आरागोन, मुुर्सिया, कानरी आइसल्याण्ड, कान्ताबारिया, कातालोनिया र भ्यालेन्सिया राज्यमा यो साताबाट ८० बर्ष माथिका सवै नागरिकलाई खोप लगाउन शुुरु गर्ने जनाएका छन् । त्यसका साथै यसअघिदेखि शुुरु भएको पहिलो प्राथमिकताका ब्यक्तिहरुलाई खोप लगाउने काम जारी नै रहने छ । गालिसिया र कास्तिया ला मान्चाले अर्को साताबाट सिनियर सिटिजनलाई खोप शुरु गर्ने जनाएका छन भने अन्य राज्यहरुले फेब्रुुअरीको अन्त्य वा मार्चको शुुरुवात देखि शुरु गर्ने बताएका छन् । मार्चको अन्त्यसम्ममा ८० बर्षमाथिका ८० प्रतिसत नागरिकले खोप पाइसक्ने र समरको अन्त्यसम्ममा ७० प्रतिसत नागरिकलाई इम्युनाइज गरिसक्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *