• Sat. Apr 27th, 2024

SPAIN NEPAL COM

स्पेनमा ६ जनामा १ जना कोभिडबाट संक्रमित

Byspainnepal

Jan 17, 2022

कोरोना माहामारीबाट धेरै प्रभावित भएको स्पेनमा हालसम्म कुल जनसंख्याको एक चौथाई उक्त भाइरसबाट संक्रमित भएका छन् । स्पेनको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार ४७ मिलियन जनसंख्या रहेको स्पेनमा ८ मिलियन जनसंख्या कोभिडबाट संक्रमित भैसकेका छन् । त्यसबाट तथ्यांकमा नआएका थप ४ मिलियन जनसंख्या समेत कोभिडबाट प्रभावित भएको अनुमान छ । जसले सामान्य लक्षणको कारणले गर्दा रिर्पोटिङ गरेनन । यस अनुसार स्पेनमा प्रत्येक ६ जनामा १ जनालाई कोभिड संक्रमण भएको छ । स्पेनका ६ वटा राज्यहरुले मात्रै एन्टीजेन परिक्षणको पनि तथ्यांक राख्छन अरु ११ राज्यहरुले सरकारी अस्पताल र फार्मेसीमा आएकाहरुको मात्रै तथ्यांक रिर्पोटिङ गर्ने भएकोले संक्रमितको बास्तविक तथ्यांक थाहा हुन नसकेको देखिएको छ । क्रिसमसको हप्तामा मात्रै स्पेनमा ७ मिलियन र्यापिड टेस्ट किट बिक्री भएको थियो । ओमिक्रोन भेरियन्टका कारण स्पेनमा संक्रमितको संख्या अहिले उच्च छ । अहिलेसम्म कोभिडबाट स्पेनमा ९० हजारले ज्यान गुमाई सकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *