• Wed. Apr 24th, 2024

SPAIN NEPAL COM

ग्रिस दुर्घटना – २ जनाको शव नेपाल पठाउन एनआरएनए स्पेनद्धारा सहयोग अभियान शुरु

Byspainnepal

Jan 17, 2022


टर्की बाट अबैध रुपमा ग्रिस जाने क्रममा गाडी दुर्घटना हुँदा ज्यान गुमाएका ४ जना मध्ये २ जनाको शव नेपाल पठाउन स्पेनमा आर्थिक संकलन अभियान शुरु भएको छ । गैर आवासीय नेपाली संघ, ग्रिसले गरेको आग्रहका आधारमा एनआरएनए स्पेनले सहयोग संकलन शुरु गरेको हो । एनआरएनए स्पेनले सोमवार एक अपिल जारी गर्दै उक्त मानवीय सहयोग अभियानमा साथ दिन सवैमा अनुरोध गरेको छ ।
टर्की बाट अबैध रुपमा ग्रिस जाने क्रममा गाडी दुर्घटना हुँदा गत मंसिरको पहिलो साता ४ जना नेपालीहरुको मृत्यु भएको थियो । उक्त घटनामा मृत्यु हुने ४ जना मध्ये २ जना नेपालबाट श्रम स्वीकृति लिएर आएको हुनाले उनीहरुको शव नेपाल पठाउने खर्च नेपाल सरकार आफैले जिम्मा लिएको तर अन्य २ जनाको हकमा आर्थिक ब्यवस्था मिलाउन नसक्ने देखिएकोले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ग्रीस तथा नेपाली राजदूताबास भियनाबाट जानकारी आएको एनआरएनए स्पेनले जनाएको छ । दिवंगत भई शव व्यवस्थापन हुन नसकेका दुई जना रमिला घले (रसुवा ) र उम बहादुर थापा ( तनहुं ) रहेका छन् । उनीहरुको शव परिवार समक्ष पुर्याउनका लागि आर्थिक अभाव रहेको भन्दै एनआरएनए ग्रीसको तर्फबाट एनआरएनए स्पेनलाई सहयोगका लागि आग्रह सहितको पत्र समेत प्राप्त भएको छ ।
१ जनाको शव नेपाल पठाउन करीब चार हजार यूरो लाग्ने देखिएको छ । एनआरएनए स्पेनका अध्यक्ष शालिक राम डुम्रेले संवेदनशील अवस्थाको मानवीय सहयोग अभियानमा सक्दो आर्थिक सहयोग गरेर साथ दिन स्पेन स्थित सम्पुर्ण नेपाली समुदाय, संघ संस्था, ब्यवसायी तथा एनआरएनए स्पेन मातहतका क्षेत्रीय समितीहरुलाई आग्रह गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *