• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

प्रवासी नेपाली मञ्च स्पेनले प्रकाशन गरेको भित्ते पात्रो बिमोचित

Byspainnepal

Jan 18, 2022

प्रवासी नेपाली मञ्च स्पेनले प्रकाशन गरेको नयाँ बर्षको भित्ते पात्रोको बिमोचन गरिएको छ । सोमबार भएको एक कार्यक्रमका बीच भित्ते पात्रोको बिमोचन गरिएको छ । प्रवासी नेपाली मञ्च स्पेनका संस्थापक अध्यक्ष तथा समावेशी आयोगका सदस्य पुुष्पराज तिमिल्सेनाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा भित्ते पात्रोको बिमोचन तथा शुभकामना आदान प्रदान गरिएको थियो । कार्यक्रममा स्पेनमा प्रवासी नेपाली मञ्चको स्थापना र संगठन निर्माणमा खेलेको भूमिकाको कदर गर्दै समावेशी आयोगका सदस्य तिमिल्सेनालाई अभिनन्दन गरिएको थियो । बार्सिलोनामा भएको कार्यक्रममा स्पेनका अन्य क्षेत्र र विभिन्न देशहरुबाट अतिथीहरु भर्च्यअल रुपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा प्रवासी नेपाली मञ्च यूरोप इन्चार्ज भक्त वाग्ले, यूरोप अध्यक्ष भक्त वाग्ले, एनआरएनए यूरोप उपसंयोजक मुक्त बहादुर गुरुङ, एनआरएनए स्पेनका अध्यक्ष शालिकराम डुम्रे, एनआरएनए स्पेनका पूर्व अध्यक्ष दिनेश गुरुङ, एनआरएनए आइसीसी सदस्य सुनिल रानाभाट, दिनेश गिरी, पूर्व मानार्थ आइसीसी सदस्य दीपक खरेल, दावा ऋषी श्रेष्ठ, जनसम्र्पक समिती स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठ, नेपाली जनप्रगतिशिल मञ्चका पूर्व यूरोप महासचिव गंगा भुुषाल, नेपाली जनप्रगतिशिल मञ्च स्पेनका पूर्व अध्यक्ष अर्जुन आचार्य, नेपाली जनप्रगतिशिल मञ्च स्पेनका अध्यक्ष विशाल ढुङगाना, कास्की समाजका अध्यक्ष बल कार्की, कास्की समाजका पूर्व अध्यक्ष केदार ढुङगाना लगायतले शुभकामना दिनु भएको थियो । प्रवासी नेपाली मञ्च स्पेनका अध्यक्ष हेम शेर्पाको अध्यक्षतामा भएको कार्यक्रम महासचिव दिनेश रेग्मीले सन्चालन गर्नु भएको थियो भने उपाध्यक्ष हेमन्त रानाभाटले स्वागत गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *