• Wed. May 8th, 2024

SPAIN NEPAL COM

स्पेनमा कोरोनाको चौथौ लहरको चेतावनी, इस्टरमा ८ वजेदेखि कर्र्फयु लगाउने प्रस्ताव

Byspainnepal

Mar 24, 2021

स्पेनमा पहिल्ला केही दिनमा कोरोना संक्रमण बढ्न थालेपछि विशेषज्ञहरुले चौथो लहरको चेतावनी दिएका छन् । गत जनवरीको अन्तिममा स्पेनले तेस्रो लहरको उच्चतम क्षति बेहोरेको थियो । त्यसपछि केही घट्ने क्रममा रहेको स्पेनको कोरोना संक्रमणको दर फेरी बढ्न थालेको छ । पहिल्लो १४ दिनमा स्पेनमा १ लाखमा १ सय २९ जनामा संक्रमण देखिएको छ । यो गत जनवरीको अन्तिममा ९ सयसम्म पुगेको थियो । मंगलबार ५ हजार ५१६ नयाँ संक्रमण भएको छ भने २०१ जनाको ज्यान गएको थियो ।
केहीदेखि संक्रमण बढेको र आउने इस्टरको समयमा हुने वढि आवतजावतले थपिने चुनौतीलाई सामना गर्न स्पेन सरकारले इस्टरको समयमा बेलुका ८ वजेदेखि नै कर्र्फयु लगाउने प्रस्ताव तयार गरेको एवीसीले जनाएको छ ।
अहिले स्पेन सरकारले बेलुकी १० वजेदेखि बिहान ६ वजेसम्म कर्र्फयु लगाएको छ । यसमा राज्यहरुले केही हेरफेर समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *