• Sat. Apr 27th, 2024

SPAIN NEPAL COM

भारतमा कोभिडको दोस्रो लहर: १८ राज्यमा नयाँ प्रकारको कोरोनाभाइरस भेटियो

Byspainnepal

Mar 24, 2021

भारतको १८ राज्यमा कोरोनाभाइरसको नयाँ प्रकार भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयले अहिलेसम्मको तथ्याङ्कको आधारमा भारतको बढिरहेको सङ्क्रमण र नयाँ प्रकारको डबल म्यूटेन्ट भाइरसबीच सम्बन्ध स्थापित गर्न नसकिने पनि बताएको छ।

नयाँ प्रकारको कोरोनाभाइरसबाट नयाँ सङ्क्रमितको नमुनाका १५ देखि २० प्रतिशतमा पाइएको र ती बढी सङ्क्रामक रहेको भारतले जनाएको छ।

भारतको राजधानी दिल्लीका विमानस्थल, बस स्टप र रेल स्टेसनहरूमा यात्रुलाई कोरोनाभाइरसको परीक्षण गरिने भएको छ।

लगातार कोरोनाभाइरस सङ्क्रमण बढेर दोस्रो लहर देखिएपछि दिल्लीले सो निर्णय गरेको हो।

गत साता मुम्बईले पनि व्यस्त स्थलहरूमा अनिवार्य परीक्षण गर्ने निर्देशन दिएको थियो।

भारतमा हालैका सातामा सङ्क्रमण ह्वात्तै बढेको छ। आइतवारदेखि दैनिक ४०,००० भन्दा बढी सङ्क्रमण पुष्टि भएका छन्।

यो वर्षको सुरुका केही दिनहरूमा भारतमा दैनिक सङ्क्रमण १०,००० भन्दा तल झरेको थियो।

दिल्लीले सिनेमा हल, मेट्रो रेल र धार्मिक स्थानबाट सङ्क्रमण धेरै फैलिन सक्ने बताउँदै त्यहाँ मानिसहरूलाई मास्क र दूरी अनिवार्य गर्ने बताएको छ।

भारतीय सरकारले अन्तर्राष्ट्रिय व्यावसायिक उडानमा लगाएको प्रतिबन्धलाई एप्रिल ३० सम्म थपेको छ।

– बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *