• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

स्पेनद्धारा नेपाललाई १० लाख युरो वरावरको स्वास्थ्य सामाग्री सहयोग

Byspainnepal

May 19, 2021

स्पेन सरकारले नेपाललाई कोभिड बिरुद्ध लड्न १० लाख युरो वराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । स्पेन सरकारले दिएको सहयोग र स्पेनबासी नेपालीको तर्फबाट संकलन भएको स्वास्थ्य सामाग्री लिएर आइबेरिया एअरलाइन्सको चार्टर फ्लाइट म्याड्रिडबाट काठमाडौका लागि उडेको छ । स्पेन सरकारले ५ टन भनदा धेरै विभिन्न अत्याबश्यक स्वास्थ्य सामाग्री सहयोग गरेको नेपाली दुतावास म्याड्रिडले जनाएको छ । उक्त सहयोगमा १५ रेस्पिराटोर, १० अक्सिजन क्रन्सेन्ट्रेटर त्यसका लागि चाहिने अन्य पार्टसहरु, १ लाख ४४ हजार माक्स, १ लख २५ हजार एन्टिजेन टेस्ट लगायत रहेको छ । स्पेन सरकारले दिएको उक्त सहयोग लिएर राजदुत दावाफुटी शेर्पा नेपाल प्रस्थान गर्नु भएको छ । उक्त सहयोग नेपाल सरकारलाई हस्तान्तरणका लागि स्पेनिस सहयोग नियोगका निर्देशक म्याग्डी मार्टिनेज सहित ४ जना स्पानिस अधिकारी र पत्रकार समेटको टोली नेपाल प्रस्थान गरेको छ ।
कोभिडको दोस्रो लहरसँग जुधिरहेको नेपाललाई सहयोग गर्न नेपाली दुतावास म्याड्रिडले गरेको आग्रहलाई स्विकार्दै स्पेन सरकारले यो सहयोग गरेको हो । स्पेनबाट सहयोग नेपालका लागि उड्नुअघि बुधबार दिउसो नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्पेनका विदेश मन्त्री अरन्चा गोल्जालेजबीच टेलिफोन बार्ता भएको थियो । उक्त अबसरमा पराराष्ट्रमन्त्री ज्ञवालीले नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गरेकोमा स्पेन सरकारलाई धन्यवाद दिनुभएको थियो ।

एनआरएएनको तर्फबाट पनि सहयोग
एनआरएनको तर्फबाट पनि पहिलो चरणको स्वास्थ्य सामाग्री नेपाल पठाईएको छ । स्पेनको विभिन्न स्थानबाट सहयोग संकलन गरेर उक्त चार्टर फ्लाइट मार्फत नेपाल पठाउन सहयोग हस्तान्तरण गरिएको हो । १७ हजार भन्दा धेरै माक्स, सेनिटाइजर, पन्जा लगायतका सामाग्री विमानस्थलमै गएर हस्तान्तरण गरिएको एनआरएनए म्याड्रिडका अध्यक्ष सुजिल गोलेले जानकारी दिनुभयो । उक्त सामाग्री हस्तान्तरणका लागि एनआरएनए स्पेनका पुर्व अध्यक्ष एकराज गिरी, उपाध्यक्ष उत्तरकुमार राई, सचिव मेघनाथ ढकाल लगायत एअरपोर्ट पुग्नुभएको थियो । उक्त सहयोग सामाग्री म्याड्रिड कोस्टाब्लान्का लगायतका स्थानबाट संकलन गरिएको हो । कोस्टाब्लान्काबासीको तर्फबाट १० हजार माक्स लगायतका स्वास्थ्य सामाग्री एनआरएनए कोस्टाब्लान्काका अध्यक्ष सुरेन्द्र भुजेल थापा, नेपाल स्पेन समाज कोस्टाब्लान्काका बरिष्ठ उपाध्यक्ष निराजन लुईटेलले मंलगबार नै म्याड्रिड पुगेर हस्तान्तरण गर्नु भएको थियो । एनआरएनए स्पेनले यो पहिलो चरणको सहयोग नेपाल पठाएको हो । नेपालमा परेको दुखको समयमा थप सहयोग गर्न स्पेनभरीबाट सहयोग रकम संकलन भैरहेको एनआरएनए स्पेनका अध्यक्ष दिनेश गुरुङले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *