• Fri. Apr 19th, 2024

SPAIN NEPAL COM

स्पेन र नेपालका परराष्ट्रमन्त्रीबीच टेलिफोन वार्ता, मेडिकल सामाग्री लिएर चार्टर फ्लाइट आज उड्दै

Byspainnepal

May 19, 2021

नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्पेनका विदेशमन्त्री अरन्चा गोल्जालेजबीच बुधवार टेलिफोन बार्ता भएको छ । स्पेनले चार्टर फ्लाइट गरेर नेपाललाई अत्यावश्यक स्वास्थ्य सामाग्री पठाउँदै छ । यस सन्दर्भमा पराराष्ट्रमन्त्री ज्ञवालीले स्पेनलाई धन्यवाद दिनुभएको छ । आइबेरिया एअरलाइन्सको चार्टड फ्लाइट स्वास्थ्य सामाग्री लिएर बुधवार बेलुकी पौने ९ वजे म्याड्रिडबाट उड्ने छ । अक्सिजन सिलिन्डर, अक्सिजन कन्सनट्रेटर, र्‍यापिड टेस्ट, मास्क लगायतका सामाग्री लिएर जहाज काठमाडौं उड्न लागेको हो । उक्त फ्लाइटमा स्पेन सरकारले नेपाललाई दिने सहयोगसँगै स्पेनका विभिन्न क्षेत्रबाट नेपाली समुदायले सहयोग गरेको स्वास्थ्य सामाग्री समेत नेपाल लगिने छ ।

उक्त फ्लाइटमा स्पेनिस सहयोग नियोगका निर्देशक म्याग्डी मार्टिनेज सहित ४ जना स्पानिस अधिकारी समेतको टोली सहयोग नेपाललाई हस्तान्तरणका लागि नेपाल जाँदैछन् । साथमा स्पेनका लागि नेपाली राजदुत दावा फुटी शेर्पा पनि नेपाल जानुहुने दुतावासले जनाएको छ ।

स्पेनबाट स्वास्थ्य सामाग्री बोकेर नेपाल जाने उक्त आइबेरिया एअरलाइन्सको जहाजले शुक्रवार नेपालबाट अन्तराष्ट्रिय उडान बन्द भएपछि फसेका केही स्पानिस नागरिक र स्पेन आउन जरुरी भएका स्पेनिश रेसिडेन्सी भएका नेपाली नागरिकलाई समेत लिएर आउने छ । यसको लागि नेपाली दुतावासले स्पेन आउन अति जरुरी भएका नेपाली नागरिकको संख्या एकिन गर्न एक फारम भर्न आह्वान गरेको थियो । यस अन्र्तगत करिब ६० जना नेपालीले उक्त फारम भरेको दुतावासले जनाएको छ । तर एअरलाइन्सले आफ्नो नेपालमा पहिलो उडान भएकोले क्षमता अनुसारका यात्रु ल्याउन नसक्ने जनाएको छ । नेपालमा फसेका करिब ४० जना स्पानिस नागरिक रहेको जनाइएको छ । यस्तै स्पेन आउनका लागि फारम भरेका सवै नेपाली नागरिकको विवरण एअरलाइन्सलाई उपलब्ध गराइसकिएको दुतावासले जनाएको छ । एअरलाइन्सले आफ्नो क्षमता अनुसार उनीहरुलाई आफै सम्र्पक गरेर टिकटको मुल्य लगायतका विषयमा सहमती गर्ने दुतावासले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *