• Tue. Apr 23rd, 2024

SPAIN NEPAL COM

स्पेनबाट गएको सहयोग नेपालका स्वास्थ्य मन्त्रीलाई हस्तान्तरण

Byspainnepal

May 20, 2021


स्पेन सरकारले नेपाललाई कोभिड बिरुद्ध लड्न नेपाललाई पठाएको १० लाख युरो वराबरको स्वास्थ्य सामाग्री स्वास्थ्य मन्त्री हृदयस त्रिपाठी मार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । स्पेन सरकारले दिएको उक्त सहयोग राजदुत दावाफुटी शेर्पाको उपस्थितीमा स्पेनिस सहयोग नियोगका निर्देशक म्याग्डी मार्टिनेजले मन्त्री त्रिपाठीलाई हस्तान्तरण गर्नु भएको हो । उक्त सहयोग नेपाल सरकारलाई हस्तान्तरणका लागि स्पेनिस सहयोग नियोगका निर्देशक म्याग्डी मार्टिनेज सहित ४ जना स्पानिस अधिकारी र पत्रकार समेटको टोली नेपाल गएको छ । स्पेन सरकारले दिएको सहयोग र स्पेनबासी नेपालीको तर्फबाट संकलन भएको स्वास्थ्य सामाग्री लिएर आइबेरिया एअरलाइन्सको चार्टर्ड फ्लाइट म्याड्रिडबाट हिजो काठमाडौका लागि उडेको थियो । स्पेन सरकारले ५ टन भन्दा धेरै विभिन्न अत्याबश्यक स्वास्थ्य सामाग्री सहयोग गरेको नेपाली दुतावास म्याड्रिडले जनाएको छ । उक्त सहयोगमा भेन्टिलेटर, अक्सिजन क्रन्सेन्ट्रेटर त्यसका लागि चाहिने अन्य पार्टसहरु, फेस माक्स, एन्टिजेन टेस्ट, पिपिई लगायत रहेको छ ।


कोभिडको दोस्रो लहरसँग जुधिरहेको नेपाललाई सहयोग गर्न नेपाली दुतावास म्याड्रिडले गरेको आग्रहलाई स्विकार्दै स्पेन सरकारले यो सहयोग गरेको हो । स्पेनबाट सहयोग नेपालका लागि उड्नुअघि बुधबार दिउसो नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्पेनका विदेश मन्त्री अरन्चा गोल्जालेजबीच टेलिफोन बार्ता भएको थियो । उक्त अबसरमा पराराष्ट्रमन्त्री ज्ञवालीले नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गरेकोमा स्पेन सरकारलाई धन्यवाद दिनुभएको थियो ।


यसैबीच शुक्रवार आइबेरिया इअरलाइन्सको चार्टर्ड उडानले कोभिडको कारणले अन्राष्टिय उडान बन्द हुँदा नेपालमा रोकिएका ४० भन्दा धेरै स्पानिस नागरिक र स्पेन आउन अत्यन्ते जरुरी भएका स्पेनको रेसिडेन्सी भएका केही नेपाली नागरिकलाई समेत लिएर म्याड्रिडको लािग उड्ने छ । नेपाली दुतावास म्याड्रिडले यसअघि चार्टर्ड फ्लाइटबाट स्पेन आउन चाहनेले भरेको फारम अनुसार सवै विवरण एअरलाइन्सलाई उपलब्ध गराइएको भन्दै थप सम्पर्क एअरलाइन्सले नै गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *