• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

“नेपाल मेरो दोस्रो घर हो” – स्पानिश शेर्पा कार्लोस सोरिया

Byspainnepal

Mar 12, 2021


स्पानिश शेर्पा भनेर चिनिने हिमाल आरोही कार्लोस सोरिया फोन्तानले नेपाल आफ्नो आफ्नो दोस्रो घर भएको बताउनुभएको छ । शनिवार युरोप नेपाल चेम्वर अफ कमर्स फर टुरिजमले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै उहाँले नेपाल र नेपालीको आत्मियता आफुलाई सधै प्रिय रहेको बताउनुुभयो । उहाँले नेपालको हिमाल आरोहण र पर्यैटनको प्रचारप्रसारमा आफुले सहयोग गर्ने बताउनुभएको छ । भर्च्युअल मार्फत अन्र्तकृयामा उहाँले नेपालका हिमालहरुमा फोहोर ब्यबस्थापनमा ध्यान दिनुपर्ने सुुझाव दिनुभएको छ । स्पानिस शेर्पाको नामले चिनिने ८१ बर्षीय हिमाल आरोही कार्लोस सोरिया फोन्तानले नेपाल लगायत विश्वका ८ हजार मिटर भन्दा माथीका धेरै हिमाल चडिसक्नुभएको छ । नेपालका सगरमाथा लगायत धेरै हिमाल चडिसकेका कार्लोसले धौलागिरी हिमाल चड्न भने सक्नुभएको छैन् । यसअघि ७९ बर्षको उमेरमा गरेको प्रयास सफल भएको थिएन । गत बर्ष कोरोनाका कारण सम्भव नभएको र ८१ बर्षको उमेरमा फेरी धौलागिरी हिमाल चड्ने योजना बनाएको उहाँले बताउनुभयो। नेपालको हिमाल आरोहण प्रचारप्रसारलाई सहयोग गर्ने र नेपालको पर्यटन प्रसार तथा विकासमा टेवा पर्याउने उद्देश्यले यो अन्र्तकृया गरिएको युरोप नेपाल चेब्वर अफ कर्मस फर टुरीजमका नेटर्वकिङ एण्ड पब्लिक रिलेशन डाइरेक्टर एकराज गिरीले बताउनुभयो । कार्यक्रममा युरोप नेपाल चेम्वर अफ कर्मस फर टुरिजमका अध्यक्ष दिपेश शाक्य, एकराज गिरी र स्पानिश नागरिक लुुइस मिगेलले सहजिकरण गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *