• Fri. Apr 19th, 2024

SPAIN NEPAL COM

दुर्ब्यबहारमा परेका नेपाली उबर चालकका लागि १ लाख १० हजार डलर भन्दा धेरै संकलन

Byspainnepal

Mar 14, 2021


अमेरिकाको क्यालिफोर्नियामा दुर्ब्यबहारमा परेका नेपाली उबर चालक सुभाकर खड्काका लागि गोफण्डमीमा म्याचफण्डसहित १ लाख १० हजार डलरभन्दा धेरै संकलन भएको छ । गोफण्डमीमा सायन बेनिस्टरका तर्फबाट सुरु गरिएको अभियानमा यो समाचार तयार पार्दासम्म ९२ हजार डलर भन्दा धेरै संकलन भएको छ भने सायन बेनिस्टरले त्यसमा २० हजार डलर म्याच गर्ने घोषणा गरेका छन् ।

चालक खड्काको कानूनी सहायता र जीवनयापनका लागि सहयोग संकलन गरिएको हो । क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा नेपाली उबर चालक सुभाकर खड्कामाथि गत आइतबार दुईजना युवतीले पेपर स्प्रे गर्ने, मास्क च्यात्ने, अपशब्द बोल्ने लगायतका दुर्ब्र्यबहार गरेका थिए । ती युवतीलाई मास्क लगाउन आग्रह गर्दा दुब्र्यबहार गरेका थिए । तीमध्ये एक रातो पोशाक लगाउने मलेसिया किङलाई भने प्रहरीले पक्राउ गरिसकेको छ । ती महिलामाथि आक्रमण गरेको, अरुको सामान जबर्जस्ती खोसेको र स्वास्थ्य तथा सुरक्षा नियम उल्लंघन गरेको अभियोग लगाइएको छ । इरानी मूलकी महिला अर्ना किमाईले आत्मसपर्मण गर्ने बताएको प्रहरीको भनाई छ ।

उबरले नेपाली चालकमाथि भएको यो आक्रमण भयावह भएको बताउँदै दुर्ब्यबहार गर्ने दुबै महिलाको एकाउन्ट खारेज गरिदिएको थियो । त्यसपछि ती युवतीले अब लिफ्ट चढ्ने घोषणा गरेकी थिइन् । तर लगत्तै लिफ्टले पनि ती युवतीमाथि प्रतिबन्ध लगाएको थियो । घटना लिफ्टसँग सम्बन्धित नरहेको भएतापनि चालकमाथि भएको दुब्र्यबहार अस्वीकार भएको लिफ्टले जनाएको थियो । त्यसैकारण ती युवतीलाई लिफ्टमा स्थायीरुपमा नै प्रतिबन्ध लगाइएको लिफ्टले स्पष्ट पारेको थियो । खड्काले आफूमाथि दक्षिण एसियाली आप्रवासी भएका कारण उनीहरुले निशाना बनाएको र विभेदकारी गाली गलौज गरेको स्थानीय संचारमाध्यमलाई बताएका छन् । गाडीमा चढेकी ती महिलाले मास्क लगाउन अस्वीकार गरेपछि आफूले गाडी रोकेको तथा मास्क किन्नका लागि ग्यास स्टेशनति गाडी लैजाने क्रममा ती महिलाले दुब्यबहार सुरु गरेको खड्काले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *